काठमाडौं–उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सरकारले सार्वजनिक गरेको तीन बुँदे प्रस्ताव पुर्ण रहेको दाबी गर्दै सो प्रस्ताव देशकै प्रस्ताव भएको बताएका छन् ।
भारतले स्वागत गरेको उक्त प्रस्ताव अान्दोलनरत मधेसी मोर्चाले अपूर्ण भन्दै अस्वीकृत गरिदिएका थिए । मोर्चाको प्रतिकृयाउपर मन्त्री थापाले टिप्पणी गर्दै भने ‘प्रमुख प्रतिपक्षसहितको सहमतिमा ल्याइएको प्रस्ताव कसरी अपुरो हुन्छ,’ उनले प्रश्न गरे,‘यो प्रस्तावलाई अपूरो छ भन्नेले नै पूर्ण प्रस्ताव ल्याउनुपर्यो।’ चीन प्रस्तान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकासँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले चीनसँग कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठमा भाग लिन चीन जान लागेको भन्दै भ्रमण अाकस्मिक नभएर नियमित खालेको भएको बताए ।
चीनसँग व्यापारी सम्झौता गर्न परराष्ट्रमन्त्री चीन जान लागेको भन्ने समाचार विपरित चीनको नियमित भ्रमणको लागि आफू चीन जान लागेको परराष्ट्रमन्त्री कमल थापाले बताएका हुन् । ‘यो नियमति भ्रमण नै हो,’ उनले भने,‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठको अबसरमा चिनिया विदेशमन्त्रीको निमन्त्रणमा यो भ्रमण तय भएको हो।’
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment