English Edition

बिश्वकप फुटबलको ईतिहास


विश्वकप फुटबल विश्वको सबैभन्दा महत्वपूर्ण खेल प्रतियोगिता मानिन्छ । फेडरेशन इन्टरनेशनल डि फुटबल एशोसिएसन (फिफा) को गठन १९०४ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो ।

सन् १९५० मा ब्राजिलको टोली । तस्वीर: एपी

सन् १९२० को दशकमा फिफा अध्यक्ष जुल्स रिमे र फ्रान्सका फुटबल प्रशासकहरुले विश्वकै उत्कृष्ट फुटबल टिमबारे निर्णय गर्ने विचारले १९२९ मा मुर्त रुप लियो । त्यसबेला फिफाले विश्वकप फुटबलको आयोजना गर्ने प्रस्ताव पारित ग¥यो ।

१९३० मा पहिलो विश्वकप फुटबल उरुग्वेमा आयोजना भएको थियो । युरोपका ४ देशसहित १३ देशका टोली सहभागी उक्त प्रतियोगिताको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो ।

१९३० देखि प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल दोस्रो विश्व युद्धका कारण सन् १९४२ र १९४६ मा आयोजना भएन ।

प्रत्येक चार वर्षमा विश्वकप फुटबल खेलिने भए पनि क्वालिफाइंग राउण्ड भने भइरहेको हुन्छ । सन् १९९८ देखि यो प्रतियोगितामा ३२ टिम सहभागी हुन थालेका हुन् ।

विश्वकै राम्रो मध्येको टिम ब्राजिलले अहिलेसम्म सबैभन्दा धेरै पाँच पटक विश्वकप फुटबलको उपाधि जितेको छ । इटलीले चार र जर्मनीले तीन पटक जितेका छन् ।

अहिलेसम्म जम्मा सात देशले मात्रै विश्वकप जित्न सकेका छन् । 

जसमध्ये ब्राजिल पाँच पटक (१९५८ स्विडेनमा, १९६२ चिली, १९७० मेक्सिको, १९९४ अमेरिका, २००२ जापान र कोरियामा)

इटलीले चार पटक (सन् १९३४ घरेलु मैदानमा, १९३८ फ्रान्समा, १९८२ स्पेनमा, २००६ जर्मनीमा )

जर्मनी तीन पटक (१९५४ स्विटजरल्याण्डमा, १९७४ घरेलु मैदानमा, १९९० मा घरेलु मैदानमा )

अर्जेन्टिना दुईपटक (१९७८ घरेलु मैदान, १९८६ मेक्सिको )

उरुग्वे दुई पटक (सन् १९३० मा घरेलु मैदानमा र १९५० मा ब्राजिलमा)

फ्रान्स ( सन् १९९८ मा घरेलु मैदानमा)

इंग्लयाण्ड (१९६६ घरेलु मैदानमा)

स्पेन (२०१० दक्षिण अफ्रिकामा)





Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment