English Edition

विश्‍वकपमा पाँच नयाँ प्रविधि जडान

विश्वकप
 फुटबलमा प्रविधिको व्यापक प्रयोग हुँदै आएको छ। विश्वकपको इतिहासमा ब्राजिलमा पहिलोपटक 'गोल लाइन' प्रविधिको पनि प्रयोग हुने भएको छ। विभिन्न वेभसाइटले खेलाडी, समर्थक र निर्णायकलाई सहयोग पुग्ने पाँच प्रविधि सार्वजनिक गरेका छन्।
   फुटबलमा विशेष गरी फ्री किक हान्दा खेलाडीले रेफ्रीको आँखा छल्न विभिन्न उपाय अपनाउने गर्छन्। ब्राजिल विश्वकपमा यसबाट मुक्ति पाउन रेफ्रीले आफूसँग एक प्रकारको स्प्रे राख्नेछन्। जसलाई 'भेनेसिङ फोम' भन्ने गरिएको छ। अस्ट्रेलियाका रेफ्री बेन विलियम्सले फोमले रेफ्रीलाई निकै सहयोग पुग्ने बताए।

अर्को प्रविधि हो 'दि ट्विटर वाल'। यो प्रविधिको प्रयोग जर्मनीको टिमले सुर गरेको छ। ब्राजिलको 'टिम बे' होटलमा राखिएको उक्त प्रविधिका आधारमा समर्थकले टिमको हौसला बढाउन फोटो र सन्देश पठाउन सक्छन्। उरुग्वेको टिमका खेलाडीसँग सम्पर्क गर्नका लागि 'ह्वाट्स एप' को प्रयोग गरिरहेको छ। स्ट्राइकर एडिन्सन काभानीले विश्वकपको खेल तालिका सार्वजनिक भएदेखि नै यो प्रविधि प्रयोग गर्दै आएको बताए।

विश्वकपको यो संस्करण अल्ट्रा हाई डेफिनेसन (युएचडी) टेलिभिजन मार्फत प्रसारण हुँदै छ। जसको 'रिज्योल्युसन' हाई डेफिनेसन टेलिभिजनको तुलनामा चार गुणा राम्रो हुन्छ। फुटबलको यो महाकुम्भलाई युएचडीको परीक्षणका रूपमा समेत हेरिएको छ।यसैगरी इङल्यान्डका खेलाडीले भने आइप्याडलाई आफ्नो हतियार बनाएका छन्। उनीहरूले आफ्नो कमजोरी र विशेषता आइप्याडबाट हेर्ने गरेका छन्।-एजेन्सी


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment