English Edition

शुरुवाती खेलमा जापान आइभोरिकोस्ट संग पराजित





ब्रासिलिया :दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि आइभरिकोस्टले आइतबार बिहान एसियाली च्याम्पियन जापानलाई २-१ गोलले हराउँदै विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। पहिलो हाफमा १-० गोलले पछाडी परेको अफ्रिकी टोली आइभरिकोस्टले ६४ औं मिनेटमा बराबरी र ६६ औं मिनेटमा निर्णायक गोल गर्यो। विजयी टोलीका जारभिन्हो र बोनी विलफ्राइडले गोल गरे । दुवै गोलमा अउरियर सर्जले पास निकालेका थिए।
सर्जले डि बक्सबाहिरबाट निकालेको क्रसमा बोनीले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस लगत्तै सर्जले पुन डिबक्सबाहिरबाट क्रस निकाले,यस पटक जारभिन्होले हेडमार्फत पहिलो बारमा गोल गरे। खेलको रौनक भेट्रान स्ट्राइकर डिडियर ड्रोग्बा मैदान छिरेपछि देखिएको थियो। आइभरिकोस्टले बराबरी गोल गर्नुभन्दा दुई मिनेट अघिमात्र ड्रोग्वा मैदान छिरेका थिए।
यसपछि अफ्रिकी टोलीले जोसिलोरुपमा प्रस्तुत हुँदै आक्रामक बनेको थियो। यस अघि खेलमा जापानले १६ औं मिनेटमा अग्रता लियो। कैसुके होन्डाले जापानका लागी गोल गरेका थिए। एजेन्सी

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment