English Edition

लियोनिल मेस्सी र अर्जेन्टिना फुटबलको सम्बन्ध

फुटबलका सर्वाधिक चर्चित खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी २७ वर्षका भए र उनी आफ्नो खेल करिअरको चुचुरोमै छन् ।

फुटबलको पावरहाउस अर्जेन्टिनाले आफ्नै महादेशमा आयोजित यो विश्वकपलाई परम्परागत रुपमै सहज ठानेको छ र जित्ने अपेक्षा राखेको छ, यद्यपि प्रतियोगिता उसको चिर प्रतिद्धन्दी ब्राजिलमा भइरहेको छ । मेस्सीको लागि पनि यो निकै महत्वपूर्ण प्रतियोगिता हो ।

अर्जेन्टिनी टोलीमा प्रतिभावान खेलाडीको कमी छैन । तथापि राष्ट्रिय टीम तथा फ्यानहरु समेत मेस्सीकै वरिपरी घुमिरहेका छन् । सर्जियो एग्युरो, गोन्जालो हिगुइन तथा एन्जेल डी मारिया जस्ता खेल कौशल भएका आक्रमणकारी खेलाडी भैरहँदा पनि अर्जेन्टिना मेस्सीकै वरीपरी घुम्छ ।

अर्जेन्टिनाको जित सुनिश्चित गर्नका लागि सबै तयारी पूरा गरिएको छ र नयाँ कोच समेत नियुक्त भएका छन् । टिम गेमको रुपमा रहेको फुटबलमा सफलता प्राप्तिका लागि बलियो टीम खडा गर्न नसकेका सर्जियो बाटिस्टालाई हटाउँदै अलेजान्ड्रो साबेला नयाँ अर्जेन्टिनी प्रशिक्षकको रुपमा कार्यरत छन् ।


उनले हल्ला खल्ला नगरी नै अर्जेन्टिनालाई एक सशक्त टोलीको रुपमा स्थापित गर्दैछन् । मेस्सी, मारिया, अगुइरो र हिगुइन चारैजना फरवार्डले सुझबुझपूर्ण फुटबल खेल्नेछन् । मिडफिल्डमा जाभियर मास्चेरानोको रणनीतिक कौशल र फर्नाण्डो गागोको टचले अर्जेन्टिनालाई झनै सशक्त सावित गर्दैछ ।

अर्जेन्टिनालाई २० वर्ष मुनिको विश्वकप फुटबलको उपाधि दिलाउँदा होस् वा ओलम्पिक प्रतियोगितामा फुटबलको स्वर्ण पदक दिलाउँदा होस् मेस्सीलाई यीनै गागो र एग्युरोले साथ दिएका थिए । अहिले साबेलाले यी सबैलाई एकिकृत गराएका छन् ।

मेस्सीलाई मैदानमा स्वतन्त्रतापूर्वक र विना दबाव खेल्न दिनुपर्ने पक्षमा छन् प्रशिक्षक सावेला । उनले भनेका छन्-’मैले राष्ट्रिय टोलीको जिम्मा लिएदेखि नै ध्यान दिएको कुरा के हो भने मेस्सीलाई मैदानमा शान्तिपूूर्वक खेल्न दिनुपर्छ । उनले एउटा पेनाल्टी खेर फाल्दा पृथ्वीलाई क्षुद्रग्रहले ठक्कर दिएर प्रलय भएजस्तो गर्नुहुँदैन ।’

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलालाई सुझाव दिने क्रममा सावेलाले भनेका थिए, मेस्सीलाई उसको काम सजिलो पारिदिने खेलाडिबाट जोगाऊ । साबेलाले मेस्सीलाई अर्जेन्टिनाको क्याप्टेनको जिम्मा सुम्पिनुको कारण पनि उनमा भएको क्षमता नै हो । पूर्व क्याप्टेन मास्चेरानोले पनि मेस्सीले सबै क्षमता भएकाले नै आफुले उनलाई क्याप्टेनको जिम्मा सुम्पिएको बताउँछन् । सुरुमा मेस्सीले क्याप्टेनको जिम्मा लिन अनकनाएपनि आफुले मनाएको उनको भनाइ छ ।

मेस्सीलाई टोली क्याप्टेनको जिम्मा खुबै सुहाएको छ । कुनैपनि खेल अगाडी क्याप्टेनले केही बोल्नुपर्ने परम्परा रहेको अर्जेन्टिनामा मेस्सीले केही बोल्नुपर्दा भन्छन्-’आज बोल्ने कुरा केही छैन, मैदानमै जाऔँ ।’


मेस्सीले सुरुवातमा व्यक्तिगत कुरा मात्रै गर्नेे गरेको भएपनि अहिले जिम्मेवार बन्दै गएको र अहिले अर्जेन्टिनाका लागि खेल्नुको महत्व बुझेको बताउँछन् म्यानचेष्टर सिटीका पाब्लो जाबालेटा ।

विश्वकप छनोटका बेला कोलम्बियासँगको निणर्ायक खेलमा मेस्सीको प्रदर्शनपछि उनीप्रति अर्जेन्टिनी फ्यान सन्तुष्ट भएका हुन् । त्यसअघिसम्म मेस्सीमाथि स्पेनी क्लबको लागि मात्र राम्रो खेलेको र देशको लागि ध्यान नदिएको आरोप लाग्ने गरेको थियो । वर्तमान प्रशिक्षक आएयता मेस्सीले अर्जेन्टिनाका लागि २२ खेलमा २० गोल गरेका छन् ।

मेस्सी अर्जेन्टिनाका क्याप्टेन हुन् तर, ब्राजिलमा खेल नजित्दाको सबै दोष उनको टाउको माथि मात्र आउनेवाला छैन । तथापि आफूलाई विश्वको नम्बर वान खेलाडीको रुपमा अनुभूत गर्दा आफूले विश्वकपमा कुनैपनि इतिहास रच्न नसकेको पीडाले अवश्य पनि उनलाई असर गर्नेछ । क्वाटरफाइनल लगत्तै टोली बाहिरिएमा भने मेस्सीमाथि ठूलै आक्रमण हुनेछ । तर, यदि उनले अर्जेन्टिनालाई प्रतियोगिता जिताए भने डियगो म्याराडोनाको स्थान कब्जा गर्नेछन् ।

अहिले मेस्सी साँच्चीकै मेस्सी बन्ने प्रयत्नमा छन् र उनले गर्ने गोल अर्जेन्टिनालाई विश्वकप जिताउनका लागि हो । यसले अर्जेन्टिनाका लागि अर्को तारा समेत थप्नेछ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment