English Edition

उरुग्वे र ईटालीका यी प्रतिभावान स्ट्राईकरहरुले नतिजा आफ्नो पक्षमा पार्न सक्छ

  इटाली र इङल्यान्डजस्ता बलिया टोलीको समूहमा परेको उरुग्वेले शनिबार राति कोस्टारिकाको सामना गर्दा दुईपटकको विजेतासँग जितको विकल्प हुनेछैन। स्टार खेलाडीको जमघट र पछिल्लो समय उनीहरूको लयले उरुग्वेलाई यसपटक कठिन समूहमा भए पनि अगाडि बढ्न सक्ने टोलीका रूपमा हेरिएको छ।

इटालीमा पनि स्टार खेलाडीको प्रभाव छ। खासगरी इटालीको मध्यपंक्ति, रक्षापंक्ति र गोलरक्षक बलिया मानिन्छन्। अनुभवी गोलरक्षक जियाँनलुगी बुफों विपक्षीका लागि खम्बाझैं प्रस्तुत हुने गर्छन्। मध्यपंक्तिका आन्द्रे पिलो र डानियल डे रोस्सीको प्रदर्शन सधैं उच्च रहने गर्छ। अग्रपंक्तिमा इटालीले आशा गरेका खेलाडी हुन्, मारियो बालोटेली।

लुइस स्वारेज (स्ट्राइकर, उरुग्वे)


लुइस स्वारेज यो सिजनमा रातारात 'हिट' भए। कुनै समय 'ब्याड ब्वाई' को छविमा रहेका स्वारेजले यस सिजनमा धेरै राम्रो प्रदर्शन गरे। लिभरपुल इङलिस प्रिमियर लिग (ईपीएल)को उपविजेता हँदा होस् वा उरुग्वेले विश्वकप यात्रा तय गर्दा स्वारेज जहाँ पनि छाए। यी स्टार स्ट्राइकर यो सिजन ईपीएलको सर्वाधिक गोलकर्ता बने। त्यसैगरी उरुग्वेको विश्वकप यात्रामा उनी लियोनल मेसी, सर्जियो एगुएरोजस्ता खेलाडीलाई पछाडि पार्दै दक्षिण अमेरिकाकै सर्वाधिक गोलकर्ता बने। २७ वर्षीय स्वारेजले ३३ खेलमा ३१ गोल गरेपछि लिभरपुल यस सिजन इङिलस प्रिमियर लिगको उपविजेता बनेको थियो। सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेयता स्वारेजले ७७ खेलमा ३८ गोल गरेका छन्। उरुग्वेका पछिल्ला सफलतामा उनी टोलीका महत्त्वपूर्ण सदस्य भए। त्यसैले उरुग्वेलाई उपाधि जिताउन सक्ने खेलाडीका रूपमा यतिबेला स्वारेजको चर्चा भइरहेको छ। पछिल्लो समय उनले घुँडामा बोकेको चोट भने टोलीका लागि टाउको दुखाइ बनिरहेको छ। तैपनि उनी समयमै तयार रहन मेहनत गरिरहेका छन्। मैदान फर्किए स्वारेज प्रतिद्वन्द्वीका लागि टाउको दुखाइ बन्ने निश्चित छ। उनको गति,'ड्रिबलिङ' र 'फिनिसिङ' लोभलाग्दो छ।

 मारियो बालोटेली (स्ट्राइकर, इटाली)

२३ वर्षीय बालोटेली मैदानभित्र र बाहिर चर्चामा रहने खेलाडीमा पर्छन्। मैदानमा उनको प्रदर्शन लोभलाग्दो हुने गर्छ। पछिल्लो समय क्लबका लागि उनी खासै जम्न नसके पनि राष्ट्रिय टोलीका लागि भने महत्त्वपूर्ण रहँदै आएका छन्। विश्वकपमा इटाली छाँनिदा बालोटेली आफ्नो टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। त्यसैले यतिबेला इटालीको फरवार्ड बालोटेलीप्रति निर्भर छ। उनी दुई वर्षअघि इटालीले युरोकपमा फाइनलसम्मको यात्रा तय गर्दा निकै चर्चामा रहे। उनले त्यतिबेला उपाधिको दाबेदार जर्मनीविरुद्ध सेमिफाइनलमा दुई आकर्षक गोल गरेका थिए। सन् २०१० मा राष्ट्रिय टिममा डेब्यु गरेयता उनले ३० खेलमा १२ गोल गरेका छन्। अनुभवी गोलरक्षक जियांलुगी बुफों र मिडफिल्डर आन्द्रे पिर्लोको प्रेरणामा बालोटेलीले टोलीलाई सफलता दिलाउन सक्नेछन्। यसअघि इङल्यान्डमै म्यानचेस्टर सिटीबाट खेलेका कारण बालोटेली धेरै इङलिस खेलाडीको खेल्ने शैलीसँग कमजोर र बलियो पक्षसँग जानकार छन्। -एजेन्सी

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment