English Edition

नेदरल्याण्डले लियो बदला डिफेनडिंग च्याम्पियनको लज्जास्पद हार

    डिफेन्डिङ च्याम्पियन स्पेनका लागि यो भन्दा खराव सुरुआत अरु हुन सक्ने छैन् । नेदरल्यान्ड्सका लागि भने यो चार वर्ष अगाडि फाइनलमा बेहोरेको हारको मीठो बदला रह्यो ।स्पेनमाथि नेदरल्यान्डको बदला

 विश्वकप ०१४ को पहिलो हाइप्रोफाइनल खेलमा नेदरल्यान्ड्सले शनिबार स्पेनलाई ५-१ ले पराजित गर्यो । अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले बेहोरेको यो सर्वाधिक खराव हारका रूपमा रहनेछ ।

एरिना फोन्टे नोभामा डच टिम एक गोलले पछाडि रहेर सुन्दर जित रच्न सक्षम भएको हो । स्पेनी टिमका लागि यो लज्जास्पद हार सावित भएको छ । सन् २०१० मा दक्षिण अपि|mकामा भएको विश्वकपमा स्पेनले नेदरल्यान्डलाई हराएको थियो । त्यस विश्वकपसँगै दुई संस्करणको युरोपेली विजेता रहेको स्पेनको समूह 'बी' को यस हारले उसको उपाधि रक्षा गर्ने अभियानमा ठूलो धक्का लागेको छ ।

अब स्पेनले दोस्रो चरण पुग्न पनि संघर्ष गर्नु पर्नेछ । जितले नेदरल्यान्ड्स भने आप\mनो समूहमा सुरुआती अग्रता लिन सफल भएको छ । चार वर्ष अगाडि पनि स्पेन आप\mनो पहिलो खेलमा भने पराजित रहेर पनि उपाधि जित्न सफल भएका थियो । त्यति बेला स्पेन स्विट्जरल्यान्डसँग पराजित रहेर पनि उपाधिसम्मको यात्रा तय गरेको थियो ।

यसपल्ट भने डच टिमविरुद्ध बेहोरेको यो हारबाट माथि उठ्न भिन्सेन्ट डेल बस्कको स्पेनलाई सजिलो हुने छैन् । खेलमा स्पेनले २७ औं मिनेटमा जाभी एलोन्सोको गोलले अग्रता लिएको थियो । एलोन्सोले पेनाल्टीबाट गोल गरेका थिए । त्यसयता खेल एकपक्षीय जस्तै रह्यो र प्रशिक्षक लुइस भान गालको डच टिमले अविश्ववसनीय रूपमा पाँच गोल फर्काउन सक्यो ।

उसका लागि कप्तान रोबिन भान पर्सिले ४४ औं मिनेटमा पहिलो गोल गरे । आरेन रोबिनले ५३ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो पल्ट अग्रता दिलाए । स्टेफान डे भि्रजले ६४ औं मिनेटमा तेस्रो गोल गरे । भान पर्सिले ७२ औं मिनेटमा चौथो गोल गरे भने रोबिनले ८० औं मिनेटमा फेरि अर्को गोल थपे ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment