English Edition

विश्वकप फुटबल भव्य समारोहबीच उद्घाटन; विरोध प्रदर्शन जारी

ब्रासिलिया:-ब्राजिलको साओ पाओलो स्टेडियममा गएराति भब्य समारोहकाबीच विश्वकप फुटबल खेलको सुरुवात भएको छ ।

स्थानीय समयअनुसार बिहीबार अपरान्ह विश्वका खेलप्रेमीहरुको सबैभन्दा चर्चित प्रतिश्पर्धाका रुपमा रहेको फुटबलको उद्घाटन गरिएको हो ।

विश्वकप फुटबलको २० औँ संस्करणको सुरुवात विश्वकप धेरै पटक जितेको राष्ट्र ब्राजिलमा नै भएको छ । यस पटक पनि उसको विजय सम्भावित नै देखिन्छ ।

करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ ।

सो प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् । निकै आकर्षक रुपमा सजाइएको एक भब्य समारोहकाबीच विश्व चर्चित गायकहरुले गीत गाएर त्यसको उद्घाटन गरिएको थियो ।

तर सो समारोहमा औपचारिक भाषणको कार्यक्रम भने राखिएको थिएन । उक्त रङ्गशालामा करिब ६५ हजार दर्शकको क्षमता रहेको भए पनि हिजो भने आधाभन्दा पनि कमैमात्र पाहुना त्यहाँ पुगेका थिए ।

विरोध प्रदर्शन जारी

उता यो विश्वकप आयोजक राष्ट्र ब्राजिलमा त्यहाँका विपक्षी दलहरुले विरोध प्रदर्शनलाइ भने निरन्तरता दिएका छन् । विपक्षीहरुले सो खेलको आयोजना महँगो भएको र त्यसले देशलाई केही पनि नदिने तर्क अघि सारिरहेका छन् ।

विपक्षीहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले विमानस्थल र रेल सेवा पनि ठप्प पार्ने धम्की दिएको भए पनि अहिलेसम्म सेवा भने सुचारु नै भएको छ ।

यता विश्वकपको आयोजक राष्ट्रले साओ पाओलो स्टेडियममा भब्य रुपमा उद्घाटन समारोह गरिरहेका बेला विपक्षीहरुले भने विभिन्न स्थानमा विरोध गरिरहेका थिए ।

प्रहरीले विमानस्थल बन्द गर्न खोज्ने र विरोध प्रदर्शनलाई थप उत्तेजक बनाउन खोज्ने सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment