English Edition

अहिलेको बिश्वकपमा हेर्नै पर्ने खेलहरु

हिजोदेखि विश्वकप २०१४ सुरु भएको छ र ब्राजिलविरुद्ध क्रोएसियाबीचको उद्घाटन खेलको नतिजा सबैको हातमा होला । यसपल्टको विश्वकपमा सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा राउन्ड रोबिनको आधारमा छ खेल हुनेछन् । यस्तोमा पहिलो चरणमा २४ खेल हुनेछन् र त्यसमा छुट्याउनै नहुने खेलहरू यी हुन्- 
स्पेन विरुद्ध नेदरल्यान्ड्स :-सन् २०१० को विश्वकप फाइनलमा भिडेका दुवै टिम यसपल्ट एकै समूहमा छन् र उनीहरूको खेलसँगै समूह 'बी' पनि सुरु हुनेछ । विश्वकपसँगै तीन ठूला उपाधिमाथि कब्जा गरेको स्पेनमा पुराना दिनकै दम छ अथवा रहेन, यो डचविरुद्धको खेलमा देखिनेछ । नेदरल्यान्ड्स त्यस्तो टिम हो, जसले तीन पल्ट फाइनल खेलेको छ, कहिल्यै जित्न सकेको छैन् । स्पष्ट छ, यो कमजोर टिम त पक्कै होइन् । 
कोलम्बियाविरुद्ध आइरीकोस्ट :-राडमल फाल्कोले नखेल्ने भएपछि केही हदसम्म कोलम्बिया कमजोर बनेको छ । तर पनि यो टिम दमदार छ भन्नेमा सबै सहमत छन् । आाइरीकोस्ट पनि केही कम छैन् । अपि|mकी टिममध्ये सर्वाधिक बलियो यो नै हो । जुन टिममा याया टुरे, डिडिएर ड्रोग्बा र सोलमन कोलु जस्ता खलाडी छन्, त्यसलाई पक्कै पनि कमजोर प्रतिद्वन्द्वी मान्न सकिने छैन् । इङ्ल्यान्डविरुद्ध इटाली :-
उरुग्वेविरुद्ध इङ्ल्यान्ड :-
इटालीविरुद्ध उरुग्वे :-
 
यी तीनै खेल हुन्, समूह 'डी' का । इटाली, उरुग्वे र इङ्ल्यान्ड तीनै टिम पूर्व विश्वकप विजेता हुन् । इटालीले चार, उरुग्वेले दुई तथा इङ्ल्यान्डले एक पल्ट गरेर समग्रमा उनीहरूले सात पल्ट विश्वकप जितेका छन् । त्यसैले यस समूहलाई 'ग्रुफ अफ डेथ' भनिएको । तीनै खेल उत्तिकै रोमाञ्चक, तनावपूर्ण र प्रतिस्पर्धात्मक हुनेछ । अन्त्यमा तीन टिममध्ये एक पहिलो चरणबाटै बाहिरिने छ र ठहरिने छ, सर्वाधिक अभाग्यशाली टिम ।
 फ्रान्सविरुद्ध होन्डुरस :-होन्डुरस खासै बलियो टिम होइन, प|mान्सले उसलाई हराउन गाह्रो हुने छैन् । तर यो खेल किन हेर्न लायक हुनेछ भने यस खेलबाट प|mान्सको परीक्षा हुनेछ । चार वर्ष अगाडि अनुशासनहीन खेल प्रदर्शन गर्दै प|mान्स दक्षिण अपि|mकामा पहिलो चरणबाटै बाहिरिएको थियो । त्यति बेला टिममा विद्रोह चलेको थियो । अब हेर्नु पर्ने हुन्छ, प|mान्सको अहिलेको टिम उस्तै छ कि फेरिएको छ । 
अर्जेन्टिना विरुद्ध बोस्निया :-सबैले भनिरहेका छन्, लियोनल मेसीको अर्जेन्टिना यसपल्ट ब्राजिलपछि विश्वकप जित्ने बलियो दावेदार हो । अर्जेन्टिनासँग आक्रमणमा मेसी मात्र छैन्, एगुरो, हिगुएन र डि मारिया पनि छ । अर्जेन्टिनी टिमको पहिलो परीक्षा हुनेछ, बोस्नियाको हातबाट । बोन्सिया त्यस्तो टिम हो, जसले यसपल्टको विश्वकपमा डेब्यु गर्दैछ । जर्मनी विरुद्ध पोर्चुगल :-पहिलो चरणको यो अर्को हाइप्रोफाइल खेल हो । पोर्चुगलसँग विश्वकै सर्वाधिक राम्रा खेलाडी छ, क्रिस्टियानो रोनाल्डो । अर्को अर्थमा पोर्चुगल उपाधिको दावेदार हो । जर्मनी पनि त उपाधिको दावेदार हो । ब्राजिलपछि विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन कसैको छ भने त्यो तथ्यांक जर्मनीनै नाममा छ । समूह 'जी' यिनै दुई टिम अगाडि जानेछन् । उनीहरू भिड्दा यो प्रतिष्ठा भन्दा माथिको खेल हुनेछ । 
बेल्जियम विरुद्ध रुस :-पछिल्ला केही विश्वकप संस्करणमा बेल्जियम छनोट पनि हुन सकेन् । यस पल्ट छनोट मात्र भएको छैन्, टिम नै दमदार छ । त्यसैले धेरैले यसपल्ट ब्राजिलमा कुनै टिम अविश्सनीय नतिजा ल्याउन सक्छ भने त्यो बेल्जियम हो भनेका छन् । समूह 'एच' मा बेल्जियमले रुसको सामना गर्दा त्यो खेलले समूह विजेता को हुने हो, त्यो तय गर्न सक्नेछ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment