English Edition

डीआईडी लिटिल मास्टर्स सिजन ३ की विजेता तेरिया फौजा मगरको नेपालमा भब्य स्वागत

  भारतीय टेलिभिजन जी टीबी बाट प्रशारण हुने  डान्स इण्डिया डान्समा स्टार बनेकी नेपाली छोरी तेरिया फौजा मगर काठमाडौं आएकी छन्। एयर इन्डिया एयरलाइन्सबाट साढे दुई बजे काठमाडौं आएकी तेरियालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न फ्यानहरुकाे ठूलो भीड लागेको थियो।

तेरिया आउने सूचना पाएपछि बिहानदेखि नै तेरियाका फ्यानहरु विमानस्थल पुगेका थिए। तेरियालाई शनिबार राजधानीमा भव्य सम्मान हुँदैछ। राष्ट्रियसभा गृहमा अपरान्ह साढे तीन बजे तेरियालाई नागरिक सम्मान प्रदान गर्ने कार्यक्रम छ। तेरियाको सम्मान तथा स्वागतका लागि राष्ट्रियसभा गृहमा उनका फ्यानहरुको ठूलाे भीड लागेको छ। विभिन्न समाजिक तथा नागरिक संस्थाहरुको तर्फबाट तेरियालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी आयोजक पक्षले दिएको छ।

 डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ की विजेता तेरिया विभिन्न संघसंस्थाको निम्तामा शनिबार काठमाडौं आएकी हुन्। १२ वर्षीया नेपाली बालिका तेरिया फैजा मगर भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ को उपाधि चुमेकी थिइन। गत असार ७ गते शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी थिइन।
विगत पाँच महिनादेखि भारतको मुम्बइमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन।डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment