English Edition

बिश्वकप २०१४को गोल्डेन बुटका दाबेदार खेलाडीहरु


मेसी, मुलर र नेइमार 'टप स्कोरर'   जारी विश्वकपमा सहभागी ३२ टोलीमध्ये १६   टोली नकआउट चरणमा पुगेको अवस्थामा अर्जेन्टिनाका लियोनल मेसी, जर्मनीका थोमस मुलर र ब्राजिलका नेइमार 'टप स्कोरोरर'को सूचिमा अग्रस्थानमा छन्। विश्वकपका दाबेदार मानिएका तीन टोलीकै लागि उनीहरु मुख्य हतियार हुन्।
जारी विश्वकपमा अर्जेन्टिनालाई एक्लै डोर्याइरहेका लियनोल मेसीले ३ खेलमा ४ गोल गरेका छन्। बोस्निया हर्जगोभिनाविरुद्ध एक गोल गरेका उनले इरानविरुद्ध निर्णायक एक गोल गर्दै अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याएका थिए। नाइजेरियाविरुद्धको २ सहित बार्सिलोनाका यी स्ट्राइकरको गोल संख्या ४ पुगेको छ।

रोनाल्डोको पोर्चुललाई धरासायी बनाउँदा जर्मनीका थोमस मुलरले ह्याट्रिक पूरा गरेका थिए। त्यसपछि अमेरिकाविरुद्ध गरेको १ गोल सहित जारी विश्वकपमा बार्यन म्युनिखका यी स्ट्राइकरको कूल ४ गोल पुगेको छ।

विश्वकप आयोजक राष्ट्र ब्राजिलले पहिलो खेलमा क्रोएशियाविरुद्ध ३-१ को विजय हात पार्दा नेइमारले दुई गोलको योगदान रह्यो। क्यमरुनविरुद्ध गरेको थप २ सँगै बार्सिलोनाका यी स्ट्राइकरको कूल गोल संख्या ४ छ। टप स्कोरर खेलाडीका टोलीबीच एउटा समानता के पनि देखिएको छ भने तीन वटै टोली समूह बिजेता बन्दै नकआउट चरणमा पुगेका छन्।

मुख्य टप स्कोररहरु

४ गोल गर्नेहरु

थोमस मुलर (जर्मनी) — ४ गोल
लियोनल मेस्सी (अर्जेन्टिना) — ४ गोल
नेइमार (ब्राजिल) — ४ गोल

३ गोल गर्नेहरु

जेम्स रोड्रिगुइज (कोलम्बिया) — ३ गोल
करिम बेन्जिमा (फ्रान्स) — ३ गोल
जेम्स रोड्रिगुइज (कोलम्बिया) — ३ गोल
अर्जेन रोबिन (नेरल्यान्ड्स) — ३ गोल
रोबिन भान पर्सी (नेरल्यान्ड्स) — ३ 
सक्वारी (स्वीजरल्यान्ड) — ३ गोल


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment