English Edition

भर्खरै सम्पन्न भएको बिश्वकप २०१४ मा चम्केका फुटबलका हस्तीहरु

विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन् । टीमले जितेका चार खेलमा लगातार म्यान अफ दी म्याच भएका मेसीले ४ गोल गरेका थिए । उनको नाममा एक एसिष्ट पनि छ ।
मेसीले बोस्निया हर्जगोभिना र इरानविरुद्ध १/१ नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । हरेक खेलमा उनले गरेको प्रदर्शनले टीमको बनोबल बढाएको थियो ।उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोबको पुरस्कार जर्मनीका म्यानुयल नेयुरले जिते । बायर्न म्युनिखका गोलकिपर नेयुरले ७ खेलमा ४ गोल मात्र खाए । बेलाबखत डिफेण्डरले गर्ने भुमिका पनि निभाएका २८ वर्षीय नेयुरले धेरैको मन जिते ।
विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फ्रान्सका २१ बर्षीय मिडफिल्डर पाउल पोग्वाले पाएका छन् । टीमलाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका पोग्वाले रिक्वाटरफाइनलमा नाजेरियाविरुद्ध गोलको खडेरी तोड्दै फ्रान्सलाई जीततर्फ धकेलेका थिए । फ्रान्सले खेलेका सबै खेलमा प्रभाव जमाएका पोग्वाले स्वीट्जरल्याण्डविरुद्ध एसिष्ट गरेका थिए ।

सर्वाधिक गोल गरेका २२ बर्षीय कोलम्बियन स्टार जेम्स रेड्रिग्वेजले गोल्डेन बुट हात पारेका छन् । उनले हरेक खेलमा गोल गर्ने क्रममा ६ गोल गरेका थिए भने २ गोलमा सहयोगीको भुमिका निभाए । उनले जापान, आइभरी कोष्ट, ग्रीस, उरुग्वे र ब्राजिलविरुद्ध गोल गरेका थिए ।
जेम्स रेड्रिग्वेजको टीम कोलम्बियाले ‘फेयर प्ले’को अवार्ड हात पारेको छ । ५ खेल खेल्ने क्रममा कोलम्बियाले ५ वटा मात्र पहेलो कार्ड बेहोेरेको थियो ।
जर्मनीमा थोमस मुलरले सिल्भर र नेदरल्याण्ड्सका आर्जेन रोबेनले ब्रोन्ज बल प्राप्त गरे । त्यस्तै, ५ गोल र ३ असिष्ट गरेका मुलरले नै सिल्भर बुट प्राप्त गर्दा आयोजक टोली ब्राजिलका नेयमारले ४ गोल र १ एसिष्ट गर्दै ब्रोन्ज बुट हात पारे ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment