English Edition

'टाइब्रेकरमा हार्नु न्यायोचित थिएन'

साओ पाउलो– नेदरल्यान्ड्सका प्लेमेकर वेस्ली स्नाइडरले आफ्नो टोली विश्वकपको सेमिफाइनलमा टाइब्रेकरसम्म पुगेर हार्नु न्यायोचित नभएको बताएका छन्।
'फाइनलका लागि हामी बढी हकदार थियौं,' टाइब्रेकरमा खेर गएका दुईमध्ये एक पेनाल्टीमा गोल गर्न चुकेका स्नाइडरले भने, 'अर्जेन्टिना सुरुदेखि खेल पेनाल्टी सुटआउटमा लैजान चाहन्थ्यो। त्यो उनीहरूको समस्या हो। हामीचाहिँ सुरुमै खेलमा नतिजा निकाल्न चाहन्थ्यौं। म आफैले पेनाल्टी खेर फालेँ, जुन अत्यन्तै लज्जाजनक हो। तर १ सय २० मिनेटबीचमा हामीले सिर्जना गरेका केही अवसर उपयोग गर्न सकेनौं।'
अर्जेन्टिनाले साओ पाउलोको कोरिन्थियन्स एरिना रंगशालामा निर्धारित तथा अतिरिक्त समयसम्म गोलरहित बराबरीमा टुंगिएको खेलको टाइब्रेकरमा ४–२ को जित पाउँदै आइतबार जर्मनीविरुद्ध हुने फाइनल भिडन्त पक्का गरेको थियो। 
'यो खेल हो, खेल कठिन हुन्छ भन्ने मलाई थाहा थियो। तर म यसमै अल्भि्कएर बस्ने पक्षमा छैन,' उनले भने, 'मैले पक्कै पनि राम्रो खेलेको थिएँ। तर मैले पेनाल्टी गुमाएँ, हामी खाली हात घर फर्कदैछौं। हामीसँग अझै तेस्रो स्थानको प्लेअफ बाँकी छ। त्यहाँ हामी सान्त्वना हासिल गर्न सक्छौं। हामीले चाहेको खेल त्यो पक्कै थिएन।'

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment