English Edition

बिश्वकप फुटबल २०१४को फाईनल खेल्ने दुई राष्ट्रहरुको इतिहास यस्तो छ

 विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाइनल खेल युरोपियन र लेटिन अमेरिकी राष्ट्रबीच हुने भएको छ । ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर फेरि बढेको हो ।

जर्मनी र अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा एक–आपसमा भिड्न लागेको यो तेस्रो पटक हो । यी
 दुई टोली यसअघि विश्वकपको फाइनलमा दुई पटक भिडिसकेका छन् । जसमध्ये एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका थिए ।

सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरिकाले ९ पटक उपाधि जितेको छ । यसपटक आफ्नै महादेशमा उपाधि जित्दै लेटिन अमेरिका युरोपसँग बराबरी गर्न चाहन्छ भने युरोप विश्व फुटबलमा आफू सबैभन्दा शक्तिशाली भएको अझै प्रष्ट्याउन चाहन्छ ।


यस्तोमा आइतबार राती रियो दि जेनेरियोमा हुने फाइनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ । फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । ब्राजिलमा हुने फाइनल खेलमा अर्जेन्टिनालाई क्षेत्रीय समर्थन र मौसमको साथ मिल्नेछ ।

उता, जर्मनी भने दक्षिण अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बन्ने अभियानमा छ । आठौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको जर्मनी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पाँचौ पटक फाइनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा छ ।


फाइनल खेलमा जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेसी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने प्रयासमा समेत हुनेछन् । मुलरले ५ गोल गरेका छन् भने मेसीको नाममा ४ गोल रहेको छ । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज गोल्डेन बुटमा मुख्य दावेदार हुन् । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment