English Edition

क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला : पारस खड्का

 'म क्रिकेटर नभएको भए आर्किटेक इन्जिनियर बन्थें हुँला', आफूसँग सोधिएको एक प्रश्नको जबाफमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस्तो जबाफ फर्काए। भारतीय राजदूतावास र बीपी कोइराला इन्डो-नेपाल फाउन्डेसनद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एक सहभागीले 'तपाईं क्रिकेटर नभएको भए के बन्नुहुन्थ्यो होला?'' भनी सोधेको प्रश्नमा पारसले यस्तो जबाफ फर्काएका हुन्।

नेपाल-भारत लाइब्रेरीमा आयोजित उक्त कार्यक्रममा कप्तान पारसले आफू सानो हुँदा एक दिन राष्ट्रिय क्रिकेटर बन्छु भनेर कल्पनासम्म नगरेको बताए। 'मसँग ठूलो सपना थियो तर सानो हुँदा मैले एक दिन राष्ट्रको जर्सी लगाएर क्रिकेट खेल्छु र राष्ट्रिय टोलीको कप्तान बन्छु भनेर कल्पनासम्म गरेको थिइनँ', उनले भने। उनले आफूलाई अहिलेको स्थितिसम्म पुग्न शुभेक्षा दिने सबै नेपालीप्रति अभार पनि प्रकट गरे।

नेपालमा क्रिकेट खेल निकै लोकप्रिय बन्दै गएको बताउँदै उनले भर्खरै बंगलादेशमा नेपालले टीट्वेन्टी विश्वकप खेल्नु यसको उदाहरण भएको धारणा राखे। नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहे पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न आफूहरूले अझ धेरै कुरा सिक्न बाँकी रहेको उनले बताए। 'हामीले भर्खरै टीट्वेन्टी विश्वकप खेल्यौं। यो प्रतियोगिताले नेपाली क्रिकेटमा चुनौती पनि थपेको छ', उनले भने।

पारसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि दिलाउने प्रशिक्षक पुबुदु दासानायकेको पदावधि थप्ने निर्णयको स्वागत गर्दै यसका लागि सरकारलाई धन्यवाद पनि दिए। उनले नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीप्रति भने असन्तुष्टि व्यक्त गरे। क्रिकेटको विकास गर्न सरकारसँगै अन्य क्षेत्रको सहयोग पनि आवश्यक रहेको धारणा उनले व्यक्त गरे।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment