English Edition

मेस्सीलाई गोल्डेन बल दिनु अनुचित : म्याराडोना

 अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाले लियोनेल मेसीलाई विश्वकप फूटबलमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।

मेसी निकै राम्रा खेलाडी भएपनि चालु विश्वकपमा मेसीको प्रदर्शनपछि गोल्डेन बल दिनु अनुचित रहेको भन्दै उनले फिफाको आलोचना गरेका हुन् । विश्वकपको फाइनलमा जर्मनीसंग १–० ले पराजित भएको अर्जेन्टिनी टिमका कप्तान तथा फरवार्ड मेसीलाई उत्कृष्ट खेलाडी घोषित गर्दै फिफाले गोल्डेन बल प्रदान गरेको थियो । विश्वकपमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स पाउने खेलाडीको अवार्ड छनोटको जिम्मा फिफाको प्राविधिक अध्ययन समूहले गर्छ ।

म्याराडोनाले सात खेलमा चार गोल गरेका मेसीले नकआउट चरणमा राम्रो प्रदर्शन नगरेको भन्दै उनलाई गोल्डेन बल दिने निर्णय फिफाको बजारीकरण योजना मात्रै भएको टिप्पणी गरेका छन् । गोल्डेन बुट प्राप्त गरेका कोलम्बियाका जेम्स रोड्रिगेज नै गोल्डेन बलका पनि हकदार रहेको उनको भनाई छ ।

यस्तै फिफाका अध्यक्ष सेप ब्लाटरले पनि उत्कृष्ट खेलाडीको अवार्ड मेसीले पाउँछन् भन्ने आफूले अपेक्षा नगरेको भन्दै उनले पुरस्कार पाउँदा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । ‘मेसी उत्कृष्ट खेलाडीको पुरस्कार लिन आएको देखेर म अचम्ममा परेँ’ उनले भनेका छन् । मेसीले समूह चरणमा ४ गोल गरेका कारण उनलाई गोल्डेन बल दिइएको हुन सक्ने ब्लाटरले बताए ।

बार्सिलोनाका २७ वर्षिय स्टार मेसी आफैले पनि विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग हारेपछि गोल्डेन बलको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । विश्वकपको उपाधी जित्ने मौकाका रुपमा पेनाल्टीको एकदम नजिक पुगेर पनि हारेकोमा आफू निकै चिन्तित रहेको भन्दै उनले गोल्डेन बलका बारेमा आफूलाई कुनै वास्ता नरहेको बरु मौका खेर फालेकोमा निकै दुखी रहेको बताए ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment