English Edition

टोकियोमा जुलाई १३ तारिक "कबड्डी" प्रदशन हुने

 
   अहिलेको बहुचर्चित नेपाली हास्य चलचित्र "कबड्डी"पुन प्रदशन हुने भएको छ I जुन २९ मा प्रथम शो प्रदशन गरिएको थियो भने दर्शकको अत्यधिक मागको कारण पुन जुलाई १३ तारिक आइतबार साँझ ६ बजे मेगुरो कुमिन सेन्टर हलमा दोस्रो प्रदशन गरिने भएको छ I 
प्रथम शोको अपार सफलता पछि बिशेषत बिद्दार्थी बर्गलाई लक्षित गरि अनि दर्शकको पुन हेर्ने चाहना र अघिल्लो पटक हेर्न छुटाउने हरुको ध्यानलाई मध्य नजर गरि दोस्रो प्रदशन गर्न लागिएको भन्ने कुरा आयोजक टोलीले सहयात्री जापानलाई जानकारी गराए I 
कमेडी चलचित्र भएकोले दर्शकले भरपुर मनोरंजन लिने यो चलचित्रमा दयाहाङ् राई, निश्चल बस्नेत र रिश्मा गुरुङ्को बेजोड अभिनय रहेको छI 
(बृस्तृत जानकारीको लागि तलका नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ)
अन्जु: 07013253415
अनिल: 08012080800
बिक्रम: 08035754061
मिति ः १३ जुलाई, ६ बजे
नोट:-बिद्दार्थीको लागि बिशेष छुटको व्यवस्था I 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment