English Edition

तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न( फोटो फिचर र भिडियो सहित)

   टोकियो:- गत आईतबार अगस्ट १० तारिकको दिन टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न भयो I उक्त सास्कृतिक कार्यक्रममा अथिति कलाकारको रुपमा अमेरिका बाट चर्चित गाएक नरेन्द्र प्यासीलाई आमन्त्रण गरिएको थियो भने कार्यक्रम जापानका लागि नेपाली राजदूत डा•मदन कुमार भट्टराईले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो I
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परम्परा  हराउँछ ,परम्परा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आयोजना गरिएको रोधी साँझमा आमन्त्रित कलाकार नरेन्द्र प्यासीले आफ्ना चर्चित अनि नया पुरानो गरि करिब दर्जन जति गित गाएर दर्शकहरुलाई मंन्त्रमुग्ध बनाएका थिए I
  प्यासीका साथ साथै स्थानीय कलाकारहरु अमर गुरुङ,सुदिन गुरुङ,डम्ब स्किल ब्याण्ड, युक्तमान गुरुङ,बिमला गुरुङ,रिता गुरुङ लगायत अन्य कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए I साथै कार्यक्रममा आयोजकको तर्फबाट आमन्त्रित र स्थानीय कलाकारहरुलाई प्रमाण पत्र र खादा लगाई सम्मान पनि गरिएको थियो I
  तमु जातिमा सदिऔ देखि चलि आएको रोधी बस्ने परम्परालाई जापानमा बसोबास गर्ने तमुहरुले प्रतेक वर्ष "रोधी साँझ"कार्यक्रम गरि आफ्नो गाँउ घरमा हुने रोधी परम्पराको झल्को दिने गरेका छन् I
  स्मरण रहोस जापानबासी तमुहरुले आफ्नो संस्कृति      र परम्परा जोगाई राख्नको लागि प्रतेक वर्ष गरिने "ल्होछार साँझ"र "रोधी साँझ"लाई दशकौ देखि निरन्तरता दिइराखेका छन् I 
   (भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment