English Edition

बलिवुडका कलाकारहरु मध्ये कसको कति शैक्षिक योग्यता

  मुम्बई :शिक्षामन्त्रीमा नियुक्ति भएलगत्तै कलाकार स्मृति इरानी शैक्षिक योग्यताकै कारण विवादमा परिन् । उनले आफुसंग अमेरिकाको एल युनिभर्सीटिको सर्टिफिकेट भएको दाबी गरिरहँदा कांग्रेसआईका नेताहरुले उनको ईमान्दारीताको विषयमा प्रश्न समेत उठाए । उनले कम पढेको विषयमा अहिले पनि विभिन्न टिका टिप्पणी हुने गरेको छ, भारतीय समाजमा ।

राजनितीमा मात्रै होईन । हरेक क्षेत्रमा केही यस्ता मान्छे छन् जसले कम शैक्षिक योग्यता भएर पनि आफ्नो उच्च क्षमता प्रस्तुत गरेका छन् । अभिताभ बच्चन, विद्या वालान, अमिषा पट्टेल, पि्रति जिन्टा जस्ता उच्च शिक्षा हासिल गरेका कलाकार मात्रै छैनन् बलिउडमा । करिना कपुर र दिपिका पादुकोण जस्ता करिअर बनाउने क्रममा पढाई छाडेकाहरुले पनि राम्रै गरेका छन् ।

बंैग्लोरको माउण्ट कार्मल कलेजमा पढ्दा पढ्दै मोडलिङमा लागेकी दिपिकाले करिअरकै कारण पढाई छाडेकी थिईन् । पछि उनले घरमै बसेर स्नातक गर्ने योजना बनाए पनि पूरा हुन सकेन ।

अभिनेता शाहरुख खान दिल्लीको प्रसिद्ध कलेज हंशराजका विद्यार्थी हुन् । अर्थशास्त्रमा स्नातक गरेपछि उनले जामिया मिलिया ईस्लामिक कलेजमा  मास कम्युनिकेशनमा स्नातकोत्तरका लागि भर्ना भएका थिए, ब्यस्तताकै कारण पूरा गर्न पाएनन् ।

स्कुल पढ्दैदेखि अमिर खानको दिमागमा अभिनयको भूत चढेको थियो । स्कुलको पढाई केही होईन । जे गर्नुछ अभिनयमै गर्नुपर्छ भन्ने मान्यता राख्थे उनि । प्लस टु पढ्दा पढ्दै अभिनय सुरु गरेका अमिर त्यसपछि कलेज फर्केनन् । ग्वालियरको सिन्धिया स्कुल पढेका सलमान खानले कलेज जीबनमा तीनवटा कलेजमा भर्ना भए । पछिल्लो पटक बान्द्रा स्थित नेशनल कलेजमा भर्ना भएका सलमान पनि पढाईलाई निरन्तरता नदिने नायकका रुपमा चिनिन्छन् ।

कलेज पढ्दैताक टेलिभिजनमा काम गर्थिन विद्या वालान । करिअरकै कारण पढाई छोडिनन् उनले । सेन्ट जेभियर कलेजवाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् उनले । पछिल्लो पुस्ताका पढेका कलाकार मध्ये अर्का हुन् जोन अब्राहम । मुम्बईको जय हिन्द कलेजवाट स्नातक गरेका जोनले मुम्बई एजुकेशनल ट्रष्टवाट एमबीए गरेका छन् । स्कुलको पढाईसके लगत्तै फिल्ममा प्रवेश गरेकी थिईन् आलिया भट्ट । सन २०१२ मा निर्माण भएको ‘स्टुडेन्ट अफ द ईयर’ वाट फिल्ममा प्रवेश गरेकी आलियाले पनि त्यसपछि कलेज जाने समय पाएकी छैनन् ।

क्याटरिना कैफको बालापन १८ मुलुकमा घुमेरै बित्यो । लगातार ट्राभलिङको कारण उनले कहिल्यै स्कुल पढन पाईनन् । घरायशी शिक्षकको सहायताले घरमै पढेकी क्याटरिना १४ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरिसकेकी थिईन् । प्रारम्भको पढाई लखनउमा गरेकी पि्रयंका चोपडाले प्लटु अध्ययन अमेरिकावाट गरेकी छिन् । जय हिन्द कलेजमा भर्ना भएकी पि्रयंकाको पनि स्नातक गर्ने योजना अभिनयले तुहाईदियो ।

स्कुल पढ्दा कहिल्यै अभिनयको वारेमा नसोचेकी सोनाक्षी सिन्हाले मुम्बईको श्रीमाठी नाठीबाई दामोदर ठाकरे ओमन युनिभर्सिटीवाट फेशन डिजाईनमा स्नातक गरेकी छिन् । बम्बे स्कटिङ स्कुलको पढाई सकेपछि एचआर कलेज भर्ना भएका रणबीर कपुरले पढाईलाई विचमै छाडेर अभिनय पढ्नका लागि न्युयोर्क गएका थिए । न्युयोर्कवाट फर्किए लगत्तै अभिनय सुरु गरेका रणबीरसंग पनि कलेज फर्किने समय छैन ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment