English Edition

बलिवुड चलचित्र "मेरी कोम" मा अभिनय गरेका नेपाली कलाकार सुनिल थापाको प्रशंसा

नेपाली अभिनेता सुनिल थापाले बलिउड पुनरागमनमै प्रशंसा बटुलेका छन् । आफू अभिनित पछिल्लो सिनेमा 'मेरी कोम'को म्युजिक लन्च समारोहमा प्रियंका चोपडाले थापाको खुलेर प्रशंसा गरेकी हुन् । भारतीय बक्सर मेरी कामको उक्त बायोपिकमा प्रियंकाले मेरी र सुनिलले मेरीको गुरुको भूमिकामा अभिनय गरेका छन् । ‘थापा सर कडा मिहेनत गर्ने र लागिपर्ने एक्टर हुनुहुन्छ’ मुम्बइको आइटीसी मराटा होटलमा प्रियंकाले भनेकी थिइन् । संजयलीला भन्सालीद्धारा निर्मित फिल्मका निर्देशक उमंग कुमारका साथमा आफैले संचालन गरेको कार्यक्रममा प्रियंकाले थापालाई सोधिन् –नेपालका सुपरस्टार सुनिल थापा सरले यसमा कोचको रोल खेल्नुभएको छ । थापा सर हामीसँग काम गर्दा हजुरलाई कस्तो अनुभव भयो ?’ थापाले परिचित लवजमा भने –रमाइलो लाग्यो, खुशि लाग्यो, एक्टिङ सँगै फिजिकल वर्क बढी थियो । तपाईंको पन्चले म घाइते पनि भएको थिएँ । गल्फर्स एल्बो (कुइनाको बायाँपट्टी सड्केको) थियो ।’ सुनिलले सो अवसरमा सहभागि मेरी कोमलाई आगामी एसियन गेमको सफलताको कामना गरे । उनले मेरी कोमले एसियन गेम जितेपछि निर्देशक उमंग कुमारलाई मेरी कोम २ बनाउन समेत निर्देशन दिए । उक्त अवसरमा प्रियंकाले सुनिलको जुँगादारीलाई लिएर ठट्टा पनि गरिन् । ‘दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ । योङ बन्नैका लागि दारीजुँगा खौरिनुभएको हो ?’ प्रियंकाले ठट्टा गरिन् । थापाले ठट्टामै दारीजुँगा पाल्ने जवाफ दिए । आउँदो सेप्टेम्बर ५ मा फिल्म रिलिज हुँदैछ । फिल्मको नेपाल वितरण अधिकार आदेश शाक्य र गीतकार तथा संचारकर्मी नरेशदेव पन्तले पाएका छन् । फिल्मको विश्व प्रिमियर भने क्यानडाको मन्ट्रियल फिल्म फेस्टिभलमा हुने भएको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment