English Edition

टोकियोमा पोखरा गाईज समूहको आयोजनामा पोखरा नाइट-२०१४" हुने....


टोकियोमा  आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन  "पोखरा नाइट-२०१४"  हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका साथ पोखरा गाईज समूहको आयोजनामा टोकियोमा लाईभ सांगीतिक प्रस्तुती ;"पोखरा नाइट-२०१४" गर्ने   भएको छ|

हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने  उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |आगामी महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |"द एज  व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने  साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|

सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३००० जापानी येनमा प्रवेश पाउनेछन्|
चारवर्ष अगाडि यही समूहले पोखरा गोल्डन नाईट आयोजना गरेको थियो भने अहिले दोस्रो  पटक पोखरा नाईट नमक यस कार्यक्रम
आयोजना यही समूहले नै गर्न गहिरहेको छ |
आयोजकले आगामी दिनमा पनि  सांगीतिक  कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ|

सम्पर्क फ़ोन नंबर 
अमर गुरुंग - ०९०-८५०२-४०७२
प्रकाश थापा-०९०-९३८१-४०१४
सौगात गुरुङ्ग ०८०-३३९९-४३५६
आशीष गुरुङ्ग (भांजा ) ०८०-४८७६-९१८०
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment