English Edition

अब बाट भाईबरमा भिडिओ कल हुने

    अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् ।एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो ।

पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।

आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ । भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ ।

यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् ।

यो सेवा लिनका लागि तपाईंको मोबाइलमा भइरहेको अहिलेको भाइबर अपडेट गर्नुपर्छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment