English Edition

'वी फर अलद्वारा राहत कोषमा थप सहयोग'

िबदेशी भूमि जापानमा रहेरपनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै समाजकाे लागि िवभिन्न सामाजिक  र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था ' वी फर अल' द्वारा  राहत कोषमा  जापानी येन  ५०,००० सहयोग गरेका छन  |
' वी फर अल’ द्वारा आयोजित  महिलाहरुको महान् चाड 'हरितालिका तीज' को अवसर पारेर "तीज महोत्सब २०१४" नामक एक कार्यक्रम  गएको महिना अगस्ट २४ तारिखका दिन आईतवार भब्यरुपमा सम्पन्न भएको थियो |उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)
जापान जस्तो बेस्त देशमा छरिएर बसेका नेपाली दाजुभाई दिदी बहिनीहरुको एकैठाउमा भेटघाट दुख साटासाटको अवसर जुटाउन र जापानमा  स्थापना गरेको राहतकोषको वृद्धि गर्ने   मूल  उद्देश्य का साथ सम्पन्न शो कार्यक्रम,आज मिति २०१४ सेप्टेम्बर १३ तारिक सनिबार को दिन , वी फॉर अल जापानका अध्यक्ष  श्री सराेज कुमार खत्री ज्यू ले एक  बिज्ञप्ति जारी गरी, शो कार्यक्रमबाट उठेको रकम  जापानी येन  ५०,००० जापानमै रहेकाे अर्को सामाजिक सँस्था नेपाल जापान युथ क्लब र वी फर अल द्वारा  खडा गरिएकाे "आपतकालिन राहत कोषमा " जम्मा गरिएको  शो बिज्ञाति मा जनाएका छन  | 
"साथै तीज महोत्सवलाई सभ्य र भब्य बनाईदिनु भएकोमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदी-बहिनी, दाजुभाईहरु , कार्यक्रमलाई प्रायाेजन गर्नु भएका प्रायाेजकहरु, सम्पूर्ण मिडियाहरु लगायत जापानका सम्पूर्ण संघ-संस्था र त्यसमा आबद्द सम्पूर्ण महानुभावहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछौ र पछिल्ला वर्षहरुमाझैँ आउँदो वर्षहरुमा पनि यहाँहरूको साथ र सहयोगको हामीले आशा राखेका छौँ " ........बिज्ञप्ति मा लेखिएको छ |
तीज महोत्सब २०१४ को केहि झलक हरु वीडियोमा हेर्नुहोस ...

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment