English Edition

एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक

     

    एप्पलले मंगलबार देखि बहुप्रतिक्षित  
आइफोन सिक्स सार्वजनिक गरेको छ । नेपाली समयअनुसारमंगलबार राति पौने ११ बजे आयोजना गरिएको एक समारोहमा एप्पलको नयाँस्मार्टफोन आइफोन सिक्स,आइ वाच र नयाँ अपरेटिङ सिस्टम आइओएस एट सार्वजनिकगरिएको हो ।

नयाँ अपरेटिङ सिस्टम र अघिल्लो संस्करणबाट सुधारिएका केही विशेषतासहितसार्वजनिक गरिएको आइफोन सिक्स किन्न अमेरिाकाका विभिन्न स्टोरअगाडि एप्पलपारखीको भीड लागेको थियो । संसारभरका एप्पलका करोडौं फ्यानको यसको आधिकारिकवेबसाइटमा सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण हेरेका थिए ।


आइफोनका ४.७ इन्च र ५.५ इन्च स्क्रिनका आइफोनका दुई मोडल सार्वजनिक गरिएकाहुन् । विगतदेखि नै नयाँ उत्पादन सेप्टेम्बरमा ल्याउने गरेको एप्पलले योवर्ष अगस्टमै नयाँ उत्पादनको रुपमा आइफोन सिक्स ल्याउने हल्ला चलेको थियो ।आइफोन सिक्समा सुधारिएको नक्सा तथा स्वास्थ्य र तन्दुरुस्तीका नयाँएप्लिकेसन राखिएको छ । आइफोन र आइप्याडका अघिल्ला संस्करणमा प्रयोग भएकोनक्सा गुगल म्यापको तुलनामा कम प्रभावकारी भएको प्रयोगकर्ताले बताएका छन् ।त्यस्तै सामसुङ ग्यालेक्सी एस फाइभमा जस्तो फोनको पछाडि मुटुको चाल मोनिटरराख्नुको सट्टा एप्पलले मुटुको चाल नाप्ने मोनिटरलाई इयरपोट हेडफोनमाराखेको छ । यसले रक्तचाप पनि मापन गर्न सक्ने विश्वास गरिएको छ । पहिलेपिँधमा रहेको अडियो ज्याकलाई माथि सारिएको छ ।

नयाँ आइफोनमा एक सय २८ जिविको आन्तरिक मेमोरी छ । यसअघिका संस्करणमा ६४जिबीको मात्र आइफोन उत्पादन थियो । अहिलेसम्मको आइफोनमा नभएको अर्को एउटाबिशेषता आइफोन सिक्समा छ । एप्पलले यो फोनमा वायरलेस चार्ज गर्न सक्नेप्रविधि ल्याएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment