English Edition

विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कमा नेपाल एकसय दुई स्थानमा

   विश्व आर्थिक मञ्चले वुधबार सार्वजनिक गरेको विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कमा नेपाल एकसय दुई स्थानमा परेको छ । मञ्चद्वारा सार्वजनिक प्रतिवेदनमा गत वर्षभन्दा नेपाल यसपटक १५ औं स्थानले माथि उक्लेको उल्लेख गरिएको छ ।

विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कका लागि सन् २०१४–२०१५ मा १४४ वटा देशको सर्वेक्षण गरिएको सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिष्ट्रेसनका डा. रामचन्द्र ढकालले बताए । 
एक्जुकेटिभ ओपिनियन सर्वे २०१४ नेपालका संयोजक प्रा. डा. रमेशचन्द्र चित्रकारले विश्व आर्थिक विकासमा दक्षिण कोरियाले आफ्नो स्थान उच्च ढङ्गले वृद्वि गरेको बताए । विकासोन्मुख देशहरूको आर्थिक विकासका लागि लगानी, दक्ष सीपसहितको जनशक्ति र निजी–सार्वजनिक साझेदारितालाई बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । - 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment