पारस खड्का द्वारा सहयोग हस्तान्तरण
सिन्धुपाल्चोकको जुरेमा पहिरोका कारण पूर्णरूपमा क्षति भएको श्री वन साँघु मावि पुनर्निर्माणका लागि युएईको ड्युटी 'फ्री' मा कार्यरत नेपाली कामदारले संकलन गरी पठाएको सहयोग रकम नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सामाजिक सेवा क्षेत्रमा क्रियाशील पत्रकार रवीन्द्र मिश्रमार्फत शुक्रबार हस्तान्तरण गरेका छन्। पारसले मिश्रलाई तीन लाख ५७ हजार तीन सय आठ रुपैयाँ प्रदान गरेका हुन्।

0 comments :
Post a Comment