English Edition

सुनिल थापाको हिन्दि चलचित्र "मेरी कोम" नेपालमा पनि आज बाट चल्दै

Sunil_Thapa_Mayycom

      शुक्रबारदेखि नेपालमा पनि लाग्दै गरेको बलिउड फिल्म 'मेरी कोम' सँग नेपाल कनेक्सन पनि जोडिएको छ। कारण, फिल्मको मुख्य भूमिकामध्येमा नेपाली अभिनेता सुनील थापा पनि रहेका छन्। 

भारतीय बक्सर मेरी कोमकै जीवनीमा आधारित उक्त फिल्मको केन्द्रीय भूमिकामा भने पि्रयंका चोपडा रहेकी छन्। सुनीलले उनै पि्रयंकाको बक्सर गुरुको भूमिका निर्वाह गरेका हुन्। नेपालमा आउनुअघि पनि बलिउड फिल्ममा खेलिसकेका सुनीलले पुनः 'मेरी कोम' बाट बलिउडमा कमब्याक गरेका हुन्। सञ्जयलीला भन्सालीको निर्माण रहेको फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन्। 

फिल्मको प्रोमोदेखि नै सुनीलको जबरजस्त उपस्थिति रहेको फिल्मको पोस्टरमा समेत पि्रयंकासँगै देखिनुले सुनीलको भूमिका वजनदार रहेको मान्न सकिन्छ। फिल्म टोरन्टो फिल्म फेस्टिभलमा समेत पि्रमियर हुँदै छ। 'मेरो कोम' सँगै नेपालमा भने 'बिर्खेलाई चिन्छस्' लाग्नेछ। तर दुवै फिल्मले एकअर्काका दर्शक नकाट्ने अनुमान गरिएको छ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment