More than 80 PHOTO
पोखरा गाईजको आयोजनामा हिजो भएको पोखरा नाइट लाइभ कन्सर्ट टोकियोको सेतागया कुमिन हल सेन्टरमा भब्यताको साथ सम्पन्न भएको छ। नेपालबाट अमन्त्रित ख्यातीप्राप्त रक ब्यान्ड द एेज ब्यान्डले झन्डै दर्जनौ बडी आफ्नो चर्चित गीतहरु गाएर दर्शकह्स्रुलाई भरपुर मनोरन्जन दिलाएको थियो। ब्यान्डमा नेपालबाट आएको जीवन गुरुङ(गायक) लाई बिष्णु गुरुङ( लिड गितार), अच्युत थापा (ड्रमर) र स्थानिय सैलेज गुरुङ(बेश गितार) र गोपी थापा(रिदम गितार) ले साथ दिएको थियो । अतिरिक्त समय भन्दा केही ढिलो सुरु भएको सो कार्यक्रममा जीवन गुरुङले निरन्तर आफ्नो नयाँ पुराना गीतहरु गाउदै दर्शकहरुलाई नचाएका थयो भने अन्तिम समय सम्मा दर्शकहरुले सँगै गीत गाउदै साथ दिएको थियो। प्रकाश थापा संयोजक रहेको उक्त कार्यक्रममा कलाकारहरुलाई बिभिन्न संघसस्थाका पदाधिकारीहरु ब्यापारीहरुले खाता लगाइ स्वागत गरेको थियो भने कार्यक्रम सन्चालन ओमप्रकाश गुरुङले गरेको थियो।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment