टोकियोमा यही महिना अक्टोवर १२ तारिक आईतवारका दिन हुन गइरहेको "पोखरा नाइट-२०१४" को सम्पूर्ण तयारी पुरा भएको आयोजक पक्ष ले जनाएको छ |पोखरा नाइट-२०१४ साँगितीक कार्यक्रमका कलाकारहरू हिजो जापान अाई पुगेको र कर्यक्रम सफल पार्नको लागि लोकल कलाकार संग सहकार्य गरिरहेको जानकारी आयोजक पक्ष ले जनाएको छ |
पोखरा नाइट-२०१४ लाइव कॉन्सर्ट अहिले सम्मको काय्रक्रम भन्दा भिन्न तरिकाको र उत्क्रिस्ट हुने आयोजक पक्ष्ले जनाएको छ | हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |यही महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |
जापान बसी नेपालीहरु सबै लाइ यस कार्यक्रममा उपश्थिति बहि मनोरंजन ली यस कार्यक्रम लाई सफल ब्नाइदिन हुन आयोजक तर्फा बाट आग्रह गरिएको छ |जापानमा रहेको पोखराको युवाहरु मिलेर यस लाइव कॉन्सर्ट को अह्योजना गरेका हुन |
सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३,००० जापानी येनमा प्रवेश पाउनेछन्|
"द एज व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|
साथै सहयात्री जापान डट कंम को संस्थापक सदस्य श्री बिष्णु थकाली ज्यु को अल्पआयुमै असमायिक दु:खत निधन भएको मा आयोजक पक्ष्यले बिज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रती हार्दिक समवेदना प्रकट गरेका छन |
पोखरा नाइट-२०१४ को सम्पूर्ण तयारी पुरा.....
8:19 AM
d-marcha
,
d-marcha band in japan
,
Nepali concert in japan
,
nepali party in japan
,
pokhara night 2014
,
the edge band
,
the edge band in japan
Edit

0 comments :
Post a Comment