English Edition

नेपाली चलचित्र "जेरी" जापानबासी नेपालीहरुले पनि अत्याधिक मन पराए

     हिजो जनवरी ११ तारिक आइतबारका दिन टोकियोमा नेपाली चलचित्र "जेरी "को प्रदशन भव्यताका साथ सम्पन्न भयो I 
टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा साँझ ६बजे बाट प्रदशन गरिएको थियो चलचित्र हेर्न दर्शकको सहभागिता उल्लेख्य रह्यो I साँझ टोकियोको चिसो निकै बढे पनि चिसोको वास्ता नगरी नेपाली चलचित्र माया गर्ने दर्शकहरु टाढा टाढा बाट पनि उपस्थित भएका थिए साथै विभिन्न संस्था संग आबद्द ब्यतिहरु पनि उपस्थित भएका थिए I 
"कला र प्रतिभाको सम्मान गरौ,नेपाली चलचित्रलाई माया गरौ" भन्ने मूल उद्देश्यका साथ 'सहयात्री जापान समूह'द्वारा प्रदशन गरिएको "जेरी" हेर्न युवापुस्ताको बढी शहभागीता थियो I टिनएज रोमान्स ड्रामा जेनरमा बनेको जेरीको निर्देशक हेमराज बिसी हुन् भने निर्माता मनोज कुमार शेरचन I चलचित्रमा अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ I 
चलचित्रलाई जापान बासी नेपालीहरुले पनि अत्याधिक मन पराए चलचित्र हेरेर हलबाट बाहिरिदा सहयात्री जापान युनिटले दर्शकहरुको पर्तिक्रिया बुज्दा सबै दर्शकहरुले जेरिको खुलेर प्रसंशा गरे चलचित्रको सिनेम्याटोग्राफी, मुस्तांङ्का प्राकृतिक द्रूश्यहरु अझ बढी मन पराए I कतिले त नेपाली चलचित्रको स्तर धेरै बढी सकेछ अब आईन्दा प्रतेक नेपाली चलचित्र नछुटाई हेर्छु भन्न सम्म भ्याए I 

Note:टोकियोको प्रदशन पश्चात जेरिको प्रदशन फुकउकामा पनि हुदैछ 
समय: २५ जनवरी साँझ ६:३० बजे 
स्थान:च्युवो सिमिन सेन्टर (आकसाका स्टेशन बाट १० मिनेट )Fukuoka Shi Chyuo Ku Akasaka 2-5-8
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment