English Edition

वी फर अल जापानद्वारा चेपांगबस्तीलाई आर्थिक सहयोग

 
बदेशी भूमि जापानमा रहेरपनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै जापानकाे नेपाली समाज र िबदेशबाटै स्वदेशकाे लागि िवभिन्न सामाजिक  र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था ' वी फर अल' ले हालै नेपालकाे लक्ष्मी प्रतिष्ठानले चितवन जिल्लाको लोथर गाविस  9 स्थित कान्दा भन्ने ठाउमा र कोराक गाविसको वडा नं ४ मा सिमान्तकृत गरिब चेपांगहरुको जीवनस्तर रुपान्तरण हेतु संचालन गरिरहेको "कान्दा रुपान्तरण अभियान" मा समावेश गरीचेपाङ्गहरुकोलागि निर्माण गरिरहेकोमा 'घर कार्यक्रम'' मार्फत त्यहाँ निर्माण गरिने २ वटा घर निर्माण गर्नकालागि आवश्यक रकम We For All Japan का सदश्यहरु मिलेर रु ८३,३००/ उपलब्ध गराउनु भएको छ । जापानमा संकलित उक्त रकमलाई  प्रतिष्ठान कार्यालयमा उपस्थित हुनुभै  संस्थाका कोषाध्यक्ष श्री अभिषेक सुबेदीले प्रतिष्ठानकी संरक्षक लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो भने प्रतिष्ठानलाई यसरी सहयोग उपलब्ध  गराईएकोमा अध्यक्ष श्री बिष्णु गौतमले We For All Japan का  सदश्यहरु  र जापानबासी अन्य सहयाेगी महानुभाबहरु प्रति आभार व्यक्त गर्नुभयो । अत्यन्तै विषम परिस्थितिमा एकै  बाबुआमाका  २ जना जवान छोराहरुको फरक - फरक देश र  फरक फरक  समयमा दुर्घटनामा परि आल्पायुमा देहावसान  भएपछि  स्थापित यस प्रतिष्ठानले  सडक, शिक्षा ,स्वास्थ्य, सिप, विकाश, महिला सशक्तिकरण तथा सडक दूर्घटना न्यूनिकरणकालागि काम गर्दै आएकोमा  हाल आएर चितवनको लोथर गाविस र  कोराक गाविसमा सिमान्तकृत चेपांगहरुको जीवन उकास्ने उदेश्यले उनीहरुलाई बसोबासकोलागि घर  , बाख्रा पालन , मौरी पालन ,फलफूलखेति तथा तरकारीरोपनकालागि बस्तु, बिउ र सिप तालिम दिईरहेको छ भने  गाउँभरिका बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउन  १०० भन्दा बढी  सिट क्षमताको नि:शुल्क खान - बस्ने सुबिधा सहितको  छात्रबास समेत बनाइरहेको छ। प्रतिष्ठानका महासचिब अजय रानाभाट, सगरमाथा टेलिभिजनकाबाट प्रशारण हुने  कार्यक्रमका सदश्य श्री राजकुमार थापा तथा अन्य  व्यक्तिहरुको उपस्थितिमा गरिएको उक्त  रकम हस्तान्तरणको अवसरमा भावुक हुदै संरक्षक लक्ष्मीले भन्नु भयो  "तपाईहरुको सहयोगले हामीले २ छोराहरुको बिछोडमा हजारौं छोरा छोरीहरुको  माया पाउने छौ । त्यसकोलागि तपाईहरुलाई मेरो हृदयदेखिनै धन्यवाद छ"।  उक्त कार्यक्रमकैबिचमा We For All Japan का अभिषेक सुबेदीज्युले लक्ष्मी प्रतिष्ठानको कार्यदेखि We For All प्रभावित भएको छ  र उहाँले जापानमा रहेता पनी हामीहरु सधैँ तपाईहरुको साथमा छौ भन्नु भयो ।
We For All ,Tokyo,japan काे यो सहयोग अभियानमा एक्यबध्यता जनाउदै जापानमा बस्नुहुने निम्नलिखित महानुभावहरुले पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
विनोद श्रेष्ठ  
दिल ब.खड्का
दिनेश गुरूङ 
प्रकास निउरे 
मनोज श्रेष्ठ 
राजीव उप्रेति 
निर्मल प्रसाद गौतम
सन्तोष सिग्देल 
दिपेश आचार्य
दिलिप नेपाल  
माईकल गौचन ज्यु ।
धेरै-धेरै धन्यवाद सहयोगी हातहरुलाई 😊✌️र भविष्यमा पनि यसरी नै यहाँहरुको साथ पाउने कुरामा हामी विश्वस्त छौ ।
वी फर अल परिवार ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment