English Edition

सन् २०१८ को विश्वकप फुटबलको छनोटका लागि नेपाल र भारत भिड्दै

 
 सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलको प्रारम्भिक छनोटका लागि नेपालले परिचित प्रतिद्वन्द्वी भारतसँग उसैको मैदानमा बिहीबार प्रतिस्पर्धा गर्दैछ। होम एण्ड अवेका आधारमा हुने छनोट खेलको अवे खेल नेपाल र भारतबीच गुहावटीमा हुन लागेको हो। दोस्रो (होम) खेल नेपालले मार्च १७ तारिखमा दशरथ रंगशालामा खेल्ने छ।

'भारत राम्रो टोली हो। नेपाली खेलाडीको प्रर्दशन पनि कम छैन। हाम्रो प्रयास स्पस्ट जितका लागि हुनेछ, खेलाडी पनि तयार छन्', नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफेनोस्कीले भने, 'छनोट खेलका लागि हामीले राम्रो तयारी पनि गरेका छौं।' दुवै टोली उस्तै रहेकाले खेल ५०/५० को हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा ज्याकले बताए।

यसैगरी, भारतका प्रशिक्षक एवं नेपाली टोलीका पूर्वप्रशिक्षक स्टेफन कन्सटेन्टाइनले नेपाल र भारत दुवैको प्रर्दशन उत्कृष्ट हुने बताए। 'मलाई थाहा छ, नेपाली खेलाडीको प्रर्दशन चुस्त छ। नेपाल र भारत नै छनोट हुनुपर्थ्यो तर दुर्भाग्य नै भन्नुपर्छ प्रारम्भिक छनोटमै हामीबीच प्रतिस्पर्धा हुने भयो', उनले भने। छनोटका लागि भारतले राम्रो तयारी गरिरहको उनले बताए।


नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो। अहिलेसम्म भारतसँग खेलेका १५ मध्ये नेपाल दुईवटा खेलमा मात्र विजयी भएको छ। नेपाल १२ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ। नेपाली टोलीमा अधिकांश पुरानै खेलाडी छन्।

पछिल्लो समय सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसीपमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो। त्यसपछि सन् २०१४ मा भारतमा भएको मैत्री खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भयो। साफ च्याम्पियनसीपको पछिल्लो संस्करणमा नेपालले भारतलाई २० वर्षपछि हराउन सकेको थियो।

सन् १९८५ देखि भारतविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको नेपालले भारतलाई हराएको त्यो दोस्रोपटक थियो। त्यसअघि सन् १९९३ को साग गेममा नेपालले भारतलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो। उक्त उपाधि नै नेपाली फुटबलको ऐतिहासिक सफलता हो। 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment