| |
पूर्वयुवराज पारस शाह नेपाल फर्कने हुनुभएको छ। यसअघि दशंै, तिहार वा बाबुआमाको जन्मदिनमा पनि नेपाल नफर्किनुभएका उहाँ भान्जा पार्थक सिंहको व्रतबन्धमा सहभागी हुन नेपाल आउन लाग्नुभएको हो।
भान्जा सिंहको व्रतबन्ध चैत १५ गते हुने भएको छ। लुङखाइ कारागारमा रहँदा उहाँको मुद्दा फैसला हुने हो वा होइन भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा बहिनी प्रेरणाले व्रतबन्धको मिति तय गर्न सक्नुभएको थिएन। तर करिब दुई साताअघि नै अदालतले पूर्वयुवराज पारसको पक्षमा फैसला गर्ने लगभग जानकारी भइसकेपछि व्रतबन्धको मिति तय गरिएको स्रोतले जनाएको छ।
पारस जेलबाट छुटेर अदालतको प्रक्रिया अघि बढाएपछि परिवारमा खुसी छाएको छ। मामा पारस नभएदेखि यो वर्ष व्रतबन्ध नहुने अवस्था भएको थियो। तर अदालतले मुद्दाको टुंगो लगाएका कारण पारस आउने पक्का भएको छ। हिन्दु परम्पराअनुसार व्रतबन्धमा भान्जाको कपाल, काट्नेदेखि वटुकले लगाउने सबै लुगा मामाले नै दिने प्रचलन छ।
एक त बहिनी प्रेरणालाई अति माया गर्ने अर्कोतर्फ मामाको अनिवार्य उपस्थिति हुनुपर्ने यसै कारणले गर्दा जेलबाट छुटेका पूर्वयुवराज पारस अदालतले एक दुई दिनमा छाड्नासाथ नेपाल आउनुहुनेछ। पारिवारिक स्रोतका अनुसार उहाँ चैतको पहिलो साता फेरि थाइल्यान्ड नफर्किने गरी नेपाल आउनुहुनेछ।
उहा नेपाल आएपछि बाबु पुर्वराजा ज्ञानेन्द्रले केही दिन आफैले साथमा राखेर सल्लाह सुझाव दिनुहुनेछ, उहालाई परिवारले समेत बाहिर जान दिनेछैनन–स्रोतले भन्यो। उहा नेपाल आउने पक्का भएपछि पत्नी हिमानी, छोरी किर्तिका र पुर्णिका तथा छोरा ह्ृदयन्द्रमा खुसी छाएको छ।
केही समय सिगापुर बसाइपछि करिब चार वर्षदेखि थाइल्याण्ड बस्दै आउनुभएका पुर्व युवराज पारस थाइल्याण्डकी प्रेमिका कन्निकाको फन्दामा परेपछि नेपाल फर्कन सक्नुभएको छैन। अब उहालाई कुनैपनि हालतमा थाइल्याण्ड फर्कन नदिनेगरी अन्य काममा लगाउने तयारी भैरहेको छ–सोतले नेपाल समाचारपत्रसंग भन्यो।
छोरा नेपाल आउने पक्का भएपछि पुर्वराजा ज्ञानेन्द्रले उनको व्यवस्थापनको लागि तयारी गरिरहनुभएको छ। नाती सिहको ब्रतबन्ध लगत्तै करिब एक महिना पारसलाई सेटल गर्न लाग्नुहुनेछ–पारिवारिक स्रोतले भन्यो। लुङखाई अदालतले मंगलबार थुना मुक्त गर्न आदेश दिएपछि उहालाई रिहा गर्न वकिल साक्छाईले प्रकृया शुरू गरेका छन्।
शाहलाई पूर्वराजा ज्ञानेन्द्रका छोरा एवं नेपालका युवराज रहिसकेका व्यक्तिका रूपमा प्रमाण पेश गर्न अदालतले आदेश दिएको थियो। आदेश अनुशारको सबै कागजात पुरा गरेपछि प्रहरीले उहालाई हिरासत मुक्त गरेको थियो। थाइ प्रहरीले उनलाई षड्यन्त्रपूर्वक रूपमा पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका, त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाएको थियो। पक्राऊपछि थाई प्रहरीले उहालाई अपराधीका रूपमा हत्कडी लगाएर सार्वजनिक समेत गरेको थियो।
पारसका वकिल साक्छाईले सो प्रमाण यथेष्ट नभएको जनाएपछि रिहा गरिएको थियो। गएको असोज २४ गते लुङखाइ स्थित आपको बगैचामा बिएम डब्ल्यु कार सहित लागु औषध फेला पारेको जनाइएको थियो। पारस पूर्वयुवराज भएको व्यहोरा खुल्ने प्रमाणित कागज नेपाली राजदूताबासले उपलब्ध गराएपछि उहालाई कारागार बाहिर बसेर मुद्धा लड्नेगरी रिहा गरिएको होे। परिवार र राजदुताबासले कागजात उपलब्ध गराएपछि उहालाई रिहा गरिएको हो–थाइल्याण्डमा रहेका एक नेपालीले नेपाल समाचारपत्र संग भने।
0 comments :
Post a Comment