English Edition

हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार

एजेन्सी-
हिन्दू धर्मका कतिपय चलनहरुलाई अन्धविश्वासको रुपमा लिइदै आएको छ । विज्ञानको विकाससँगै हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार गर्दै आएको छ । प्राचीन कालमा हाम्रा पुर्वजहरुले मानेका सामान्य कुराहरु पनि वैज्ञानिक रुपले मानिसको मस्तिस्क र स्वास्थको लागी फाइदाजनक रहेको प्रमाणित भएका छन् ।
कतिपय मानिसलाई उनीहरुले पालना गर्दै आएको चलनको अर्थ थाहा नभएता पनि पुर्वजहरुले मान्दै आएको संस्कार त्याग्नु हुन्न भन्ने विश्वासमा अढेर निरन्तरता दिँदै आएका छन् । प्राचीन ऋषिहरुले भगवान र धर्मसँग जोडेर वैज्ञानिक कुरालाई सामान्य मानिसहरुबीच नियमको रुपमा स्थापित गरिदिए, जुन विस्तारै चलन हुदै संस्कृतिको रुपमा चिनिदै गयो । हिन्दू धर्मका यिनै कतिपय चलनहरु वैज्ञानिक रुपमा पनि राम्रो रहेको वैज्ञानिकहरु बताउँछन् । ति मध्ये वेदमा उल्लेख गरिएका र विज्ञानले पनि पुष्टि गरेका केहि चलनहरुः

१. दुवै हात जोडेर नमस्ते गर्नु

myth to science
हिन्दु धर्ममा दुवै हात जोडेर नमस्ते गर्ने चलन छ । यसको सामान्य अर्थ एक अर्कालाइ सम्मान गर्नु हो । तर, वैज्ञानिक रुपमा दुवै हातका औँला जोडेर नमस्कार गर्दा,मानिसको औँलाको टुप्पो जोडिँदा हाम्रो शरीरको इन्द्रिय सक्रिय हुन्छ । जसले सुन्न, देख्न र ध्यान केन्दि«त हुन मद्धत गर्दछ र लामो समयसम्म त्यो मान्छेको याद ताजा बन्दछ । नमस्कार गर्दा शारीरिक मेल नहुने हुदाँ हातको किटाणु पनि नसर्ने हुनाले रोगबाट पनि टाढा रहिन्छ ।
२.पानीमा सिक्का फाल्नु
myth to science
हामीले कतिपय मन्दिरमा सिक्का फाल्दा कुनै निस्चित ठाँउमा प¥यो भने भाग्य बलियो हुन्छ भन्ने सुनेकै छौ र कति मन्दिरमा भाग्य बलियो बनाउन सिक्का पटक–पटक फालेकै पनि छाँै । तर, वैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको शरीरमा तामा अत्यावश्यक धातु हो । पहिलेका सबै मानिस खोलाको पानीमा नै भर पर्ने र सिक्का पनि सबै तामाकै हुने हुँदा ऋषिहरुले भगवानसँग जोडेर तामाको सिक्का पानीमा फाल्ने चलन राखिदिएको हुन सक्छ ।
३. मन्दिरको ढोकामा घण्टी हुने
myth to science
मन्दिरमा भित्र पस्दा हामी घण्टी बजाएर मात्र भित्र पस्दछौँ । शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’ तर, वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मदत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ । घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।
४.उत्तर दिशामा टाउको फर्काएर सुत्न नहुने
myth to science
उत्तर दिशामा टाउको फर्काएर सुत्दा भुत लाग्ने, आत्माले समाउने डर हुने आदि इत्यादि विश्वास राखेरै पनि हामी त्यसरी सुत्दैनौं । तर वैज्ञानिक रुपमा हेर्ने हो भने हामी मानव शरीरको आफ्नो चुम्बकीय क्षेत्र हुन्छ । रगतको प्रवाहको आधारमा यसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । यो पृथ्वी पनि विशाल चुम्बकीय क्षेत्र नै हो । हामीले उत्तर दिशामा टाउको फर्कएर सुत्दा शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रमा अनुचित वातावरण बन्दछ । जसकारण हाम्रो मुटुलाई सामान्य भन्दा बढि जोडले काम गर्नु पर्दछ र रक्तचापको समस्या आउने र मस्तिष्कमा फलामको मात्रा ज्यादा जम्मा हुन्छ । टाउको सम्बन्धी रोग र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढि हुन्छ ।
५. पिपलको रुखलाई किन पुजा गरिन्छ ?
myth to science
पिपलको रुखले न खाने कुरा फलाउँछ न त पिपलको काठ घर बनाउन मिल्ने जति बलियो नै हुन्छ । तरपनि पहिलेदेखि मानिसले पिपललाई किन पुजा गरे होला त ? रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो ।
६.तुलसीको पुजा
myth to science
हिन्दु धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पुजा गर्ने चलन चल्दै आएको पनि छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पुजा पाठ गरेको हामीले देखेकै छौँ । नपढेका मानिसले पनि यो सब गर्दै आएका छन् । तुलसी हाम्रो शरीरको लागी एकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ भन्दा पनि फरक नपर्ला ! किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । सर्प पनि तुलसीको बोटसँग डराउँछ र लामखुट्टे पनि तुलसीको बोट नजिक आउन रुचाँउदैन ।
७.मुर्तिलाई पुजा गर्नू
myth to science
तपाईँ मनकामना, दक्षिणकाली, पशुपति गएर भगवानको अगाडी हात जोड्दा के सोच्नु हुन्छ ? पक्कै पनि आफुले इच्छाएको काम कुरा पुरा होस् भनि माग्नु हुन्छ । एक पल्ट याद गर्नुहोस् त, तपाईँ भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईँको मस्तिस्कले के सोचिरहेको हुन्छ ? मस्तिस्कले एउटा मात्र कुरालाई ठुलो बनाउँछ, भगवान मेरो यो पुगोस् भनी माग्छ । यो गर्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।
८.विवाहित महिलाले सिन्दुर लगाउनु
sindoor
हिन्दु धर्ममा विवाहित महिलाले सिँउदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा, सिन्दुर सबै त्याग्नुपर्ने चलन छ । पहिले सिन्दुर बनाइन्थ्यो बेसार कागती र एक धातुबाट, जुन बिच सिउँदोमा लगाइन्छ । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि)को ठिक्कमाथि सिउँदो हुने भएकाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ । सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाँउछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment