English Edition

दिल्लीमा बाबुरामकाे आपत्तिजक अभिव्यक्ति, राष्ट्रिय बेइज्जती


baburam_bhattarai_in_india

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतमा गएर नेपालको आन्तरिक विवादको मामिला सार्वजनिक रुपमा बोलेका छन् ।

डा. भट्टराई नेपालका पूर्व प्रधानमन्त्रीका साथै राज्यमन्त्री सरहको तलब भत्ता पाउने संविधानसभाको संवाद समितिका सभापति समेत हुन् ।

उनले विदेशी भूमिमा गएर नेपालको आन्तरिक मामिलामा नेपाल सरकार तथा नेपालका राजनीतिक दलहरुको कडा आलोचना गरेका छन् ।

डा. भट्टराईले देशभित्र जे बोल्ने गरेका थिए, भारतमा पनि सोही कुराहरु बोलेका छन् । पूर्व प्रधानमन्त्री जस्तो पदमा बसिसकेको र राज्यमन्त्री सरहको पदमा बहाल रहेको व्यक्तिले स्वदेशमा झैं विदेशमा बोल्नु अनौठो मानिएको छ ।

उनले भारतको राजधानी दिल्लीमा गएर नेपालको आन्तरिक मामिलामा बोल्दै आफ्ना विपक्षी दलहरुको चर्काे आलोचना गरेका हुन् ।

नेपालमा पनि भारतका नेताहरु आउँछन् तर उनीहरु आफ्नो देशभित्रको राजनीतिक झैझगडाबारे बोल्दैनन् । भारतका सत्तासीन भारतीय जनता पार्टी सहित विभिन्न पार्टीका नेताहरु केही साता अघि पालैपिलो नेपाल आएका थिए । उनीहरुले नेपालको आन्तरिक मामिला बारे बोले तर आफ्नो देशको आन्द्राभुँडि खोलेका थिएनन् ।

त्यसै गरी विभिन्न देशमा नेता नेपाल आउँछन्, हरेक देशमा राजनीतिक विवाद हुन्छ, तर, कुनै पनि लोकतान्त्रिक देशका नेताले नेपाल आएर आफ्नो देशको आन्द्राभुँडि खोलेको सुन्न पाइएको छैन । तर, बाबुरामले भने भारत पुगेर अत्यन्त आपत्तिजनक काम गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालयका अनुसार आज उनी ‘सोसाइटी फर पोलिसी स्टडिज’ र ‘इण्डिया इन्टरनेशनल सेन्टर’ले संयुक्त रुपमा गरेको कार्यक्रममा पनि सहभागी भएका छन् । उनले सो कार्यक्रममा भने,– ‘नेपालमा पहिलो चरणको आन्दोलन सम्पन्न भयो । दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस् भन्ने चाहना हो ।’

दिल्लीमा पूर्व प्रधानमन्त्री भट्टराईले देशभित्रको राजनीतिक खिचातानीमा आफ्नो पार्टीसँग असहमत पार्टीहरुलाई ‘जनतालाई अधिकार दिन नखोजेको’ आरोप लगाए ।

दिल्लीको कार्यक्रममा उनले आफ्नो देशमा भएको संविधानसभा चुनावको पनि धज्जी उडाएका छन् । उनले भने, ‘यतिबेला नेपालमा क्रान्तिको जनादेश र चुनावको मतादेशको अन्तरविरोध छ । तर चुनावको मतादेशभन्दा क्रान्तिको जनादेश मुख्य हो ।’

गत संविधानसभा चुनावलाई भारत सहित अन्तराष्ट्रिय समुदायले चुनावलाई मान्यता दिइसकेको छ र चुनाव परिणाम मानेरै बाबुराम आफै संविधानसभा सदस्य समेत छन् । तर, उनले दिल्लीको कार्यक्रममा भने– ‘क्रान्तिका मुद्दाहरुलाई संस्थागत गर्ने कुरा मुख्य हो । संविधानसभा त्यसलाई वैधानिकीकरण गर्नका लागि मात्र हो । संविधानसभाले क्रान्तिका उपलब्धी खारेज गर्न सक्दैन ।’

उनले दिल्लीमा नेपालको आन्तरिक मामिलाबारे अतिरंजित ब्याख्या गर्दै एमाओवादी लगायतका दललाई पाखा लगाएर एमाले–कांग्रेसले संविधान बनाएमा द्वन्द्व हुने दावी गरेका छन् ।

संविधानसभाका सहकर्मी पार्टीहरुको समेत पूर्व प्रधानमन्त्री भट्टराईले दिल्लीमा धज्जी उडाउँदै भने, ‘एमाले नक्सलवादी आन्दोलनको हाँगो थियो । यो आज पूरै पतन भइसकेको छ ।’

आफ्नो देशका पार्टीहरुलाई उनले दिल्ली पुगेर अन्य केही गम्भीर आरोप समेत लगाएका छन्, उनले सधैं सत्ताका लागि दिल्लीमा आशिर्वाद थाप्न आउनेहरुले माओवादीलाई भारतबाट सञ्चालित भनेर आरोप लगाएको पनि गुनासो गरे ।

भारतीय पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, पूर्वराजदूत शिवशंकर मुखर्जी, भाजपाका नेपाल सेल इन्चार्ज अजित कुमार लगायत उपस्थिति कार्यक्रममा भट्टराईले नेपालको आन्तरिक मामिला औपचारिक रुपमा उदांग पारेका हुन् ।

दिल्लीमा भट्टराईले आज भारतीय जनता पार्टीका महासचिव राम माधव, भारतीय पूर्व विदेश मन्त्री सलमान खुर्सिद र भारतीय कांग्रेस पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिग्विजय सिंहसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

शाही कालमा समेत भारत गएको बेलामा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको आन्तरिक विवादबारे यसरी खुलेर बोलेका थिएनन् । उनी रिजर्भ बसेका थिए ।

लोकतान्त्रिक देशका पूर्व प्रधानमन्त्रीले विदेश गएर आफ्नो देशको राजनीतिक अवस्था उदांग पार्ने काम विरलै हुन्छ । यसो गरिनुलाई देशकै बेइज्जत गरेको ठानिन्छ । source : newsvitta

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment