English Edition

अहिलेका चर्चित गायिका आस्था राउतको प्रेम प्रसंग


‘झम्के बुलाकी’ र चौबन्दीमा पटुकी’ जस्ता गीत सबैका कान कानमा गुन्जिरहेका छन् । आस्था राउतको पहिलो एल्बम ‘आधार’का यी गीतसँगै आस्थाको माग नेपाली संगीत क्षेत्रमा बढ्दै छ । आस्थाको माग सबैभन्दा बढी स्टेज कार्यक्रममा हुन्छ । स्टेज तताउनका लागि आस्था देश–विदेशमा पुग्छिन् ।

  स्टेजमा धेरै दर्शकले माग गर्ने यी गायिकालाई   सबैले खुब मन पराउछन् । सबैले मन पराउने आस्थालाई कस्ले राख्यो पहिलो प्रेम प्रस्ताव ? आस्था भन्छिन् ‘स्कुल पढ्दा नै प्रेम प्रस्ताव आएको थियो’ । थप्छिन् ‘मसँगै स्कुलमा पढ्ने एउटा साथीले प्रस्ताव गरेको थियो । आस्थालाई ‘भ्यालेन्टाइन्न डे’मा ग्रिटिङ कार्ड पठाएर प्रेम प्रस्ताव स्कुलकै साथीले राखेका थिए । आस्थालाई ‘त्यो केटा’ले पहिलेदेखी नै मनपराएका रहेछन् । ‘वान साईटेड लभ’ थियो’ आस्था भन्छिन्, ‘प्रेम प्रस्ताव गर्ने केटा नजिक आए पनि अरू साथीलाई झैँ सामान्य व्यवहार गर्थेँ ।’

देखासिखि गर्दै त्यो केटाले एउटी राम्री केटी आस्थालई ग्रिटिङ कार्ड दिएको रहेछ । केटाले आस्थालाई आफैँ कार्ड दिने आट गर्न नसकेर साथीको हातमा ग्रिटिङ कार्ड दिएर पठाएको रहेछ । आस्थाले भनिन्, ‘खोलेर हेरेँ, उडिरहेका जोडी चरा भएको र प्रेम सन्देश लेखिएको कार्ड रहेछ । मैले कुनै प्रतिक्रिया दिइनँ । केटो त ! डरले चार दिन स्कुल आएन ।’

अहिले यस्तो केटा मनपर्छ, आस्थालाई

बोल्ड आवाजमा प्रस्तुत हुने आस्थाको स्वभाव पनि बोल्ड नै छ । बाहिर बोल्ड आस्था भित्री रूपमा आफू साह्रै पिन्चे भएको आफैँ स्वीकार गर्छिन् । ‘आँसु त आँखाको डिलैमा छन्, अलिकति दुःख लाग्ने कुरा भयो भने आँसु झरिहाल्छ ।’ जस्तो पायो, त्यस्तो वा लर्तरो मान्छेले आफूलाई झेल्न नसक्ने आस्थाको भनाइ छ । भन्छिन्, ‘मेरो जीवनमा आउने केटा, मेरो जीवनसाथी मात्रै होइन, मेरा बाआमाको छोरा हुन सक्ने हुनुपर्छ । किनभने, म बाआमाकी एक्ली सन्तान हुँ ।’

आस्थालाई हरेक कुरामा पर्फेक्ट मान्छे मन पर्छ तर त्यस्तो मान्छे नहुने सुनेको बताउछिन् । भनिन्, ‘एउटा चाइनिज फिल्ममा भनिएको थियो, ‘मान्छे दुई प्रकारका हुन्छन् । एउटा धोका दिन चाहन्छ, अर्काे धोका दिन्छ ।’ मलाई यी दुई खालेभन्दा भिन्न मान्छे चाहिएको छ ।’  आस्था जीवनसाथीको स्केच यसरी बनाउछिन् ‘इमान्दारहोस्, नारीलाई सम्मान गरोस्, नारीलाई सहयोग गरोस् । ममीले लेखिदिनुभएको गीतमा भनिएजस्तै, ‘म रुँदा सँगै रुने धेरै पाइन्छ, मलाई त आँसु पुछ्ने साथी चाहिन्छ ।’ यसले पनि धेरै बुझाउँछ ।’


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment