English Edition

विश्वकै धनी बाँदर, जसको नाममा छ करोडौँको सम्पत्ति

monkey
यो पढ्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर यो वास्तवमा सत्य घटना हो । यो दुनियामा यस्ता भाग्यमानी बाँदर पनि छन् जसको नाममा करोडौँको सम्पत्ति छ । भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा एक धनाढ्य दम्पतिको घरमा पालिएको बाँदर करोडौँको मालिक बनेको छ ।
स्थानीय ब्रजेश श्रीवास्तव तथा उनकी पत्नी शविस्ताले आफ्नो करोडौँको सम्पत्ति आफ्नो घरमा पालिएको प्यारो बाँदर ‘चुनमुन’को नाममा नामसारी गरिदिएका छन् ।
कुनै सन्तान नभएका श्रीवास्तव दम्पतिले आफ्नो सन्तान भन्दा पनि प्यारो चुनमुन बाँदरलाई विधिवत रुपमा सम्पतिको उत्तराधिकारी बनाएका हुन् ।
सन् २००५ मा उक्त बाँदरलाई खरीद गरी घरमा भित्राएका श्रीवास्तव दम्पतिका लागि उक्त बाँदर अहिले आफ्नै सन्तानभन्दा कम प्यारो छैन । उनीहरुले चुनमुनलाई के मन पर्छ र के मन पर्दैन भन्ने कुराको बारेमा आफ्नै बच्चालाई जस्तै ख्याल राख्छन् ।
बीबीसीमा छापिएको समाचार अनुसार चुनमुनलाई चाउमिन र चिली पनिर सबैभन्दा मन पर्छ । साथै उनले दिनहुँ मज्जाले फलफूल समेत खाने गर्छ ।
जततउस्ररधधध।ददअ।अomरलभधकरधयचमि-बकष्ब-ष्लमष्ब-घज्ञछघण्ण्द्धण्
ब्रजेशका अनुसार चुनमुनका लागि घरमा एउटा सुविधासम्पन्न कोठा छुट्टाइएको छ । यो बाँदर निकै ऐश आराम चाहिने भैसकेको छ । गर्मी महिनामा एसी र जाडो महिनामा हिटर नचलाइकन ऊ सुत्दै सुत्दैन ।
सन् २०१० मा बिट्टी यादव नामकी पोथी बाँदरसँग चुनमुनको विवाह गरिदिएका थिए श्रीवास्तव दम्पतिले । विवाह निकै भव्य भएको थियो । तत् पश्चात चुनमुन आफ्नी जिवनसंगिनी बिट्टीसँगै घरमा बस्ने गरेको छ । यो बाँदर दम्पतिको विवाहको वाषिर्कोत्सवको अवसरमा हरेक वर्ष श्रीवास्तव दम्पतिको घरमा भव्य पार्टी आयोजन ागर्ने गरिएको छ ।
श्रीवास्तव दम्पतिले चुनमुनको नाममा झण्डै ७० लाख भारु मूल्य पर्ने घर, २ सय गज को जग्गाको प्लट नामसारी गरिदिएका छन् । श्रीवास्तव दम्पतिको शेषपछि उनीहरुको बैंक अकाउण्टमा रहेको पैसा समेत स्वतः चुनमुनको नाममा जानेछ ।
Source: Online khabar 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment