English Edition

धोनीले जिताए भारतलाई, वेष्टइण्डिज पराजित

MS-Dhoni
२२ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले वेष्टइण्डिजलाई ४ विकेटले पराजित गरेको छ । भारतलाई लगातार चौथो जित दिलाउने क्रममा कप्तान महेन्द्रसिंह धोनीले फिनिसरको भूमिका निभाए ।
धोनीले ४० ओभरमा चौका हान्दै भारतलाई जित दिलाए । ५६ बलको सामना गरेका उनले तीन चौका र चार छक्काको मदतमा ४५ रन बनाए ।
खराव सुरुवात गरेको भारतको पारी एक समय संकटमा परेको थियो । उसले १३४ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।
तर, धोनीले आर अश्विनसँग सातौं विकेटका लागि अविजित ५१ रनको महत्वपूर्ण साझेदारी गरे । यससँगै भारतले ३९.१ ओभरमा ६ विकेट गुमाएर १८५ रन बनायो र ४ विकेटको जित हात पार्‍यो ।
भारतका विराट कोहली ३३ र सुरेश रैना २२ रनमा आउट भए । अजिन्या रहाणे १४ मा आउट भए भने जडेजा १३ रनमा पभेलियन फर्किए ।
वेष्टइण्डिजका टेलर र आन्द्रे रुसेलले २-२ विकेट लिए ।
यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको वेष्टइण्डिज ४४.२ ओभरमा १८२ रन बनाउँदा अलआउट भएको थियो ।
वेष्टइण्डिजले राम्रो सुरुवात गर्न सकेन । ८५ रन जोड्दा ७ विकेट गुमाइसकेको वेष्टइण्डिजका कप्तान जेशन होल्डरले सम्हालिएर खेल्ने प्रयास गरे ।
आठौं विकेटका लाडि डरेन शामीसँग ३९ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि टेलरसँग ५१ रनको पारी खेले । उनी ५७ रनमा आउट भए ।
शामीले २६ रनज बनाए भने क्रिस गे र कार्टरले समान २१-२१ रन बनाए । टेलर ११ मा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
भारतमा मोहम्मद शामीले ३ विकेट लिए भने उमेश यादव र रविन्द्र जडेजाले २-२ विकेट लिए ।
Source: Online Khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment