बिहीबारको दोस्रो क्वार्टरफाइनलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई १०९ रनको फराकिलो अन्तरले हराउँदै भारत अन्तिम चारमा प्रवेश गरेको हो। यसअघि ब्याटिङ गरेको भारतले बंगलादेशलाई जितका लागि ३०३ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ४५ ओभरमा १ सय ९३ रनमा अलआउट भयो। अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको सतकको मद्दतले ३०२ रन बनाएको हो। भारतका लागि १२६ बल खेलेका शर्माले १४ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै शुरेश रैना ६५ रन बनाएर आउट भए। उनले ५७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेका थिए।
शिखर धवनले ३०, कप्तान महेन्द्र सिंह धोनीले ६ रन बनाए। बंगलादेशका लागि तास्किन अहमदले ३मो मोसाहाफिर मुर्ताजा, रूवेल हसन र साकिब अल हसनले १-१ विकेट लिए।
0 comments :
Post a Comment