English Edition

वित्तीय अपराध नियन्त्रण प्रमुख प्राथमिकताः नवनियुक्त गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर चिरञ्जिवी नेपालले अन्तर्राष्ट्रिय रूपमा बढ्दो वित्तीय अपराध नियन्त्रण गर्दै नेपालललाई दक्षिण एसियाकै स्वच्छ अर्थतन्त्रका रूपमा विकास गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५६ वर्षीय नेपाललाई मुलुकको केन्द्रीय बैंकको प्रमुख कार्यकारी गभर्नर पदमा आगामी पाँच वर्षका लागि नियुक्त गरेको हो।
‘वित्तिय अपराधलाई पूर्ण नियन्त्रण गर्नेतर्फ मैले प्रभावकारी कदम चाल्ने छु’, गभर्नरमा नेपालको  नियुक्तिको घोषणा लगत्तै आफनै निवासमा सेतोपाटीसँग कुरा गर्दै नेपालले भने–‘यसका साथसाथै वित्तीय स्थायित्व र मूल्य नियन्त्रण पनि थप प्राथमिकता सूचीमा राख्नेछु।'
गरिबभन्दा गरिब नेपाली नागरिकलाई पनि वित्तिय क्षेत्रमा पहुँच बढाउने तर्फ आफ्नो लक्ष्य रहने नेपालले दृढता व्यक्त गरे। त्यो वातावरण तयार पार्ने मेरो अर्को महत्वपूर्ण काम हो। जसले गर्दा अति महत्वपूर्ण रूपमा मुलुकको आर्थिक क्रियाकलाप अघि बढ्छ। किनभने अहिलेको परिस्थितिमा गरिबभन्दा गरिबको पहुँच छैन।
गभर्नरमा रहुञ्जेल आफ्ना तीन प्रमुख लक्ष्य हुने नेपालले बताए। ‘पहिलो, सरकारको वित्तिय नीतिलाई सफल बनाउन प्रशस्त भूमिका निर्वाह गर्ने, दोस्रो, निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउने र तेस्रो, अन्तर्राष्ट्रियस्तरमा नेपालको स्वच्छ वित्तीय छवि बनाउन कदम उठाउँने’ उनले आफनो कार्यकालका प्रमुख लक्ष्य हुने बताए।
‘सबैभन्दा महत्वपूर्ण कुरा वित्तिय स्थायित्व प्रमुख प्राथमिकता हुनेछ’, अर्थशास्त्र प्राध्यापनमा लामो अनुभव भएका नेपालले दाबी गरे। किनभने, अहिलेको स्थितिमा विश्व अर्थतन्त्र वित्तिय स्थायित्वबाट मात्र अघि बढ्न सक्छ। त्यसैले मुलुकको अर्थतन्त्रको वित्तिय क्षेत्र ‘ब्रेन' हो भन्ने कुरा आफूले राम्रोसँग बुझेकाले यो ब्रेनलाई तन्दुरुस्त राख्न आफूले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए।
बैकिङ क्षेत्र मुलुकको वित्तीय क्षेत्रको अर्को सबैभन्दा महत्वपूर्ण पक्ष हो। अहिले मुलुकको अर्थतन्त्र जटिल परिस्थितिबाट गुज्रिरहेको आफूले राम्रोसँग बुझेकाले यसलाई स्थायित्व दिन सक्रिय हुने पनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपालले बताए।
के ‘मनी लन्ड्रिङ’को समस्याप्रति लक्षित गरेको हो?
‘अवश्य। ‘मनी लन्ड्रिङ’को समस्या जल्दोबल्दो समस्याका रूपमा रहेको छ। अन्तर्राष्ट्रिय रुपमा पनि यो प्रमुख समस्याका रुपमा उठिरहेको छ। त्यसैले नेपाल यसप्रति संवेदनशील हुनैपर्छ। साथै कुनै हालतमा नेपालभित्र वित्तीय अपराध हुनु दिनुहुन्न। हामीले वित्तिय अपराध नरोकी भएकै छैन’ उनले भने,‘वित्तीय अपराध निर्मुल पार्नै पर्छ।’
मनी लन्ड्रिङ हेर्ने राष्ट्र बैकमा एउटा सेल नै छ। त्यसलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्छ। सरकार र अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गरेर अन्तर्राष्ट्रिय वित्तिय अपराध रोक्ने भूमिका निर्वाह गर्ने उनले आफ्नो संक्षिप्त कार्ययोजना सुनाए।
बैकिङ क्षेत्रको आधुनिकीकरण पनि नवनियुक्त गभर्नरको प्राथमिकताको सूचीमा पर्ने नेपालले बताए।

‘वित्तीय साक्षरता लागू गर्नुपर्ने छ। अन्तर्राष्ट्रिय रूपमा लागू भएको प्रविधि नेपालमा लागू गर्नुपर्छ। वित्तीय क्षेत्रले वित्तीय साक्षरता कार्यन्वयन गर्ने बातावरण बनाउनु पर्छ’ उनले भने। साथै विश्व परिस्थितिमा परिवर्तन हुँदै आएका नियम या नीति पनि नेपालमा लागू गर्दै जानुछ।
वित्तीय क्षेत्रमा आफना महत्वपूर्ण दुई कर्तव्य हुने पनि प्रधानमन्त्रीका आर्थिक मामिला सम्बन्धी सल्लाहकारको भूमिकामा समेत रहेका नवनियुक्त गभर्नर नेपालले बताए। ‘पहिलो, मूल्य वृद्धि नियन्त्रण र अर्को सरकारको ‘वित्त नीति’ लाई सफल बनाउनुलाई आफ्नो प्रमुख कर्तव्य सम्झेको छु’, उनले भने, ‘यो भनेको सरकारको आर्थिक नीतिलाई सहज रुपमा कार्यान्वयन हो।’
निवर्तमान गभर्नर युवराज खतिवडाको कामलाई आफूले अत्यन्तै सहज र सकारात्मक रूपमा ग्रहण गर्ने पनि उनले बताए। ‘गभर्नरले राम्रो गर्नुभएको छ। त्यसलाई अझ राम्रो गरी नेपाल राष्ट्र बैकलाई अघि बढाउनु छ,’ उनले भने।
मुलुकलाई दक्षिण एसियाकै वित्तिय केन्द्रका रुपमा विकास गर्नेतर्फ आवश्यक कदम चाल्ने पनि उनले आफ्नो भावी रणनीति रहने बताए।
आफ्नो सोचाइ त नेपाललाई दक्षिण एसियाको आर्थिक केन्द्रका रुपमा विकास गर्ने रहेको बताए। एसियाको हङकङ र सिंगापुर आर्थिक गतिविधिको केन्द्र भए जस्तै नेपाललाई दक्षिण एसियाको आर्थिक गतिविधिको केन्द्र बनाउन सकिने बताए।
पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगले त्यो आफ्नै कार्यकालमा सम्भव हुने उनको दावी थियो। साथै दक्षिण एसियामा नेपालको वित्तीय परिस्थिति सुधार्न आफूले बडो मेहनतका साथ काम गर्ने पनि उनले बताए।
आफूलाई नेपालभित्रै अनौपचारिक वित्तीय गतिविधि बढेकोमा चिन्ता रहेको बताए। ‘कुनै पनि अवस्थामा अनौपचारिक वित्तीय गतिविधि बढ्नु हुँदैन। ढिकुटी, हुण्डी जस्ता अनौपचारिक वित्तीय कारोबारमा रोक लगाउनै पर्छ,’ उनले भने।
देशभित्रै सहकारीको माध्यमबाट पैसा संकुचन हुनु राम्रो संकेत नभएको भन्दै उनले त्यसलाई सकेसम्म रोक्नै पर्ने पक्षमा रहेको आफ्नो दृढता व्यक्त गरे।
यसलाई औपचारिक रूपमै वित्तिय कारोबारमा ल्याउने काममा आफू लाग्ने उनले बताए।
सेतोपाटीबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment