अरुको लागि बच्चा जन्माइदिने महिला अर्थात् भाडाकी आमा, जसलाई अंग्रेजीमा सरोगेट मदर भनिन्छ । सरोगेजी अहिले विश्वका धनी मुलुकहरुमा लोकपि्रय बन्दै गैरहेको छ । बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफ्नो कोखलाई भाडामा दिएर विश्वकिर्तिमान नै कायम गरेकी छिन् ।
ती महिलाले अहिलेसम्म १५ वटा बच्चा जन्माइसकेकी छिन् । तर अनौठो कुरा के भने ती मध्ये १३ जना बच्चा उनका होइनन्, अरु कसैका लागि पाइदिएकी हुन् । उनले अहिले १६ र १७ औँ सन्तान एकसाथ जन्माउने तयारी गरिरहेकी छिन् । किनकी उनको गर्भमा अहिले जुम्ल्याहा बच्चा हुर्किरहेका छन् ।इंगल्याण्डको कोलचेस्टरमा बस्ने क्यारोल हर्लक नामकी महिला विश्वकै सबैभन्दा सफल भाडाकी आमा हुन् । उनले पेटमा अहिले जुम्ल्याहा बच्चा रहेका छन् र त्यसअघि उनले एक बेतमा एकैचोटी ३ वटा बच्चा जन्माएकी थिइन् ।
क्यारोल अहिले ४९ वर्षकी भइन् । उनीसँग भएका मध्ये एक छोरी २४ वर्षकी र अर्की २१ वर्षकी छिन् । केही समयअघि इन्टरनेट मार्फत चिनजान भएका एक दम्पतीले उनलाई आफ्नो बच्चा जन्माइदिन आग्रह गरे । उनले तत्कालै प्रस्ताव स्विकार गरिन् र गएको शनिवार टेष्टट्युब प्रविधिमार्फत उनको गर्भाशयमा जुम्ल्याहा भ्रुण प्रत्यारोपण गरिएको छ ।
कसैलाई बच्चा जन्माइदिए बापत क्यारोलले मोटै रकम हात पार्छिन् । एक पटक बच्चा जन्माइ दिएबापत उनले अरु सबै खर्च सम्बन्धित दम्पतीले नै व्यहोर्ने गरी थप झण्डै १० लाख देखि २२ लाख रुपैयाँ सम्मको रकम लिने गरेकी छिन् ।
आफ्नो लागि बच्चा जन्माउनु नशा जस्तै भएको र आफुलाई बच्चा जन्माउन बानी परेको उनी बताउँछिन् ।
तर सायद उमेरको कारण पनि अब गर्भमा रहेका बच्चा जन्माएपछि उनी पुनः आमा बन्न सक्ने छैनिन् र योउनको अन्तिम भाडाको कोख हुनेछ । स्मरण रहोस् उनले सन् १९९५ मा पहिलोपटक अर्काको लागि बच्चा जन्माइदिएकी थिइन् ।
आफुलाई डाक्टरले दुनियाकै सबैभन्दा राम्रो पाठेघर भएकी महिला भनेर प्रसंसा गर्ने गरेको उनको दाबी छ । बच्चा जन्माउन नसक्ने महिलाका लागि बच्चा पाइदिन पाएकोमा उनलाई ग्र्भ लाग्ने रहेछ ।
अनलाइन जमानाबाट

0 comments :
Post a Comment