
दिवंगत दीपक रायमाझी निर्देशित अन्तिम फिल्म ‘डेस्टिनेसन काठमाण्डू’ सार्वजनिक प्रदर्शनको लागि तयार भएको छ । यो फिल्म आउँदो बैशाख २५ गते प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
अभिनेता राजेश हमाल का मामा पर्ने निर्देशक दीपक रायमाझीको चार बर्ष अघि निधन भएको थियो । २० प्रतिशत छायाँकन बाँकी रहंदा स्वर्गीय भएका निर्देशक रायमाझीको फिल्म ‘डेस्टिनेसन काठमाण्डू’ लाई उनका सहायक निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । फिल्ममा अष्ट्रेलियन कलाकार साराह मावे सहित नायक दीलिप रायमाझी र नायिका झरना थापा लगायतका कलाकार मुख्य भूमिका रहेको छ ।
काठमाण्डू र अष्ट्रेलिया बिचको साँस्कृतिक विविधता कथा भन्ने फिल्म ‘डेष्टिनेशन काठमाण्डू’ लाई शरद अधिकारी ले निर्माण गरेका हुन् ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment