English Edition

फोटो कथा : फिल्ममा मल्टीकप्टरको प्रयोग

नेपाली फिल्म उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुर्दशन थापाले चंखे शंखे पंखेको एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मज्जाले गरेका छन् । फिल्ममा प्रयोग हुने जम्मा २० सेकेण्ड लामो दृश्यका लागि  सुर्दशनले पुरै दिनभर लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको  थियो । आउँदो जेठ एक गते रिलिज हुने चंखे शंखे पंखे को उक्त  सर्टका बारेमा सुर्दशनले यस्तो प्रतिक्रिया दिएका हुन । 
मंहगो खर्चका साथ शनिबार उनको टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि  फिल्मको सुटिङ पूर्ण रुपमा प्याकअप भएको जनाएको छ । बर्ष ७१ मा नेपालमा बनेका फिल्महरु मध्ये कै  सर्वाधिक बजेटमा बनेको  भनिएको चंखे शंखे पंखे यहि साता देखि औपचारिक प्रचार प्रसारमा पनि उत्रिदैछ जसको प्रचार प्रसारका  लागि  ३० लाख बजेट छुट्याएको  निर्माता सन्तोष सेनले जनाएका छन् । 
हामी बलिउडको शैलीमा प्रचार प्रसार गर्ने सोच सहित अघि बढेका छौ त्यसैले राम्रो फिल्म बनाएकाले प्रचार प्रसारमा कम्प्रमाईज नगरौ भनेर यो निर्णय गरिएको हो । सेनको भनाई छ । नेपालमै बनेको  मल्टीकप्टर जसलाई दुई ईन्जिनियरले अपरेट गर्दै फिल्मको दृश्य कैद गराउँदा सिनेमाटोग्राफर राजेश श्रेष्ठ पनि जोशिएका थिए । उनले अध्ययनका  क्रममा एवं बलिउडमा काम गर्दा यसको प्रयोग धेरै पटक गरेपनि नेपालमा पहिलो पटक प्रयोग गरेको बताएका छन् ।  मल्टीकप्टर चलाउँनका  लागि योग्य प्राविधिकहरुको संख्या अलि पुगेको छैन् हाम्रो ईन्डष्टीमा  श्रेष्ठको भनाई छ । 
झण्डै एक  केजीको तौल र  करिब २० ईन्चको हाईटमा बनाईने मल्टीकप्टरमा उच्च क्वालिटीमा दृश्य कैद गर्न सक्ने ग्रोप्रो क्यामेरालाई प्राथामिकता दिदै दृश्य कैद गर्ने गरिन्छ । आवश्यक्ता र डिमान्ड अनुसार फाईभ डि, रेड ईपिक र  स्कारलेट जस्ता क्यामेराको प्रयोग गरेर पनि मल्टीकप्टरबाट गिम्बल सर्ट लिईन्छ  तर यसका लागि जति बढी तौल हुन्छ त्यतिनै धेरै पखेटा जडान गरिएका मल्टीकप्टर तयार रोज्नु पर्ने  हुन्छ ।  नेपालमा ४ देखि ६ र १२ वटा सम्म पखेटा लगाएर नेपाली ईन्जिनियरहरुले मल्टीकप्टर तयार गरेका छन्  । ईन्जिनियर सुजिल मानन्धरका अनुसार मल्टीकप्टरलाई ८ सय मिटर सम्मको उचाईमा उडाएर पनि दृश्य कैद गर्न सकिन्छ तर फिल्मको दृश्य कैद गर्नका लागि ३ सय मिटर सम्मको उचाई उपयुक्त हुने उनी बताउँछन् ।  
मल्टीकप्टरको प्रयोग गरी  सुटिङ गर्दा दुई वटा रिमोटको प्रयोग हुन्छ । एक रिमोर्टलाई मल्टीकप्टर उडाउन  प्रयोग गरिन्छ भने अर्कोलाई मल्टीकप्टरमा रहेको क्यामेरा दायाँ बाया घुमाउँन प्रयोग गरिन्छ । क्यामेरा दायाँ बाया गर्ने निर्देशन चाँहि  फिल्मका सिनेमाटोग्राफरले गरेका हुन्छन् । यसरी रिमोर्टको निर्देशनबाट मल्टीकप्टर जति उचाईमा पुगेपनि त्यसको खिचाई कस्तो आउँछ भनेर हेर्नका लागि वायरलेस मनीटरमा सिधै  हेर्न सकिन्छ । स्मरण रहोस यहि मनिटरमा हेरेर सिनेमाटोग्राफरले मल्टीकप्टर अपरेटरलाई क्यामेरा र मल्टीकप्टर  दायाँ बायाँ गर्ने निर्देशन दिन्छन् । अत्यन्त जोखिम र सहज दुवै चिजको गुण रहने मल्टीकप्टरमा जि.पि.एस (ग्लोबल पोजिसन सिस्टम रिसिर्भर) अर्थात भु उप ग्रहको माध्यमबाट सहजै उडाईने र अवतरण गर्न सकिन्छ  । दिईएको जानकारी अनुसार ईन्टरनेटको प्रयोग गरी जिपिएस सिस्टममा मल्टीकप्टर उडाईएमा यसले आफैले लोकेशन पत्ता लगाउँदै उडान भर्ने र अवतरण गर्ने गर्दछ । 
नेपाली ईन्जिनियरहरुले ५० हजार देखि ४ लाख सम्मको लागतमा मल्टीकप्पटर निर्माण गरी विक्रि समेत गर्ने गरेका छन् । 















Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment