वाल्टिमोर ,फेब्रुअरी २५/ अमेरिकाको एनआरएनको निर्वाचनका लागि अध्यक्ष पदको प्रत्यासी गणेश कुँवरले उमेदवारी घोषणा गरेका छन् । उनले आफनो उमेदवारी घोषणा कार्यक्रममा आफू नेपाली समुदायका अवसरलाई उपयोग गर्दै अगाडि वढने सोचका साथ होमिएको वताएका छन् । नेपाली डायास्पोराको एक प्रतिनिधी मुलक संस्थाको नेतृत्वका लागि सामाजिक सेवामा समर्पित हुने अभिप्रायले आफूले उमेदवारी दिएको उनको भनाई थियो ।
उनले भने -करिव दुई दशकमा मैले हाम्रो समस्याहरु वुझेको छु , हाम्रा समस्याका सुनुवाई नहुँदाका पिडा महशुस गरेको छु अनि प्रभावकारी नेतृत्व हुँदा र नहुँदा हाम्रा सामाजिक संस्थाहरुलाइ कस्तो प्रभाव पर्छ भन्ने पनि वुझेको छु । त्यसैले आफुले दुइ दशकमा देखे ,जानेको शिप, ज्ञान र अनुभबलाइ समाजको हितमा लगाउने भित्री ईच्छा भएकोले मैले अध्यक्षको लागि आफनो दावी पेश गरेको हुँ । सामाजिक सेवाको दौरान देखेका भोगेका समस्याहरुको समाधानको निम्ति भुमिका खेल्ने अनि प्रवासमा वसिरहेका नेपालीहरुलाइ भावनात्मक रुपमा एकीकृत गर्दै लाने योजनाका साथ एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उमेदवारी दिने निष्कर्षमा पुगेको जानकारी गराउन चाहन्छु। आफनो वीस वर्षका उतारचढावलाई समेत चित्रण गर्दै कुँवरले भने ठुला ठुला कुरा गरेर सापना देखाउने भन्दा वास्तविक वस्तुस्थितिको अध्ययन गर्दै समयको आवश्यकता अनुसार संगठनलाइ नेतृत्व दिनेछु् । कुँवरले अगाडि थपे - विषयगत विज्ञेंहरुसँगको परामर्शमा लगानिका श्रोतको सृजना र उपयोग गर्दै नेपाली समुदायको आम्दानी वढाउने उपायको खोजीगर्दै नेपाली समुदायको बृहत्तर हितका लागि म सदैब क्रियाशील रहनेछ ।
Source : globe Nepal Media House
0 comments :
Post a Comment