English Edition

बाल्टिमोरमा एमआरपी कार्यशाला

बाल्टिमोर,अमेरिका,फेब्रुअरी १८ | मेशिन रिडएवल पासपोर्टको बारे स्थानीय समुदायलाई जानकारी गराउने उद्देश्यले यहाँ यस सम्बन्धी एक कार्यक्रम आयोजना गरिएको छ | अमेरिका नेपाल सोसाइटी डिसी र कास्केली समाज अमेरीका, बाल्टिमोरले नेपाली दूतावासको सहकार्यमा मार्च १ मा स्थानीय लुम्बिनी रेष्टुरेन्टमा गरीएकाे र कार्यक्रममा पासपोर्टको फर्म भर्ने तरिका लगायतका विविध विषयमा जानकारी दिइएकाे थियाे ।
मेसिन रिडेबल पासपोर्ट बनाउनुपर्ने अन्तिम मिति आगामी नोभेम्बर २४, २०१५ भएकाले त्यो मितिको आउन अव केवल नौ महिना मात्र वाँकी रहेको छ भने फर्म भरेर वुझाउन केवल छ महिना मात्र वाँकी रहेको छ ।, त्यसैले यसमा समुदायमा क्रियाशील सवैको चासो र आवश्यकताको विषय रहेको छ । खासमा एमआरपी पासपोर्ट नभएको खण्डमा विशेष चनाखो हुन दूतावासले सूचित गर्दै आएको छ । स्मरणीय छ, अन्य कुनै देशको भीषा लिन राहदानी प्रयोग गर्दा कम्तीमा पनि राहदानीको बाँकी अबधी ६ महिनाको हुनुपर्ने हुँदा  राहदानी प्रयोगमा ल्याउनको लागी मे २४, २०१५ सम्म बनाइसक्नुपर्ने हुन्छ । राहदानी बनाउने प्रक्रियामा संलग्न हुने अधिकारीकै सहभागितामा कार्यशाला गोष्ठीमा प्रशिक्षण हुने भएकाले तत्सम्बन्धी यदाकदा सुनिने अन्यौल पनि हट्ने तथा समयसीमा भित्रै राहदानी बनाइ अनाबश्यक झन्झटबाट मुक्त हुन एएनएसका मिडिया को अर्डिनेटर सुजित अर्यालले प्रेषित गरेको विज्ञप्तिमा अनुरोध गरिएको छ । सेवाग्राहीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने अभिप्रायले यस्तो कार्यक्रम गरीएकाे उल्लेख छ | 
मेसिन रिडेबल पासपोर्ट सम्बन्धी कार्यशाला गोष्ठीमा बाल्टीमेार अासपासमा बस्ने बिभिन्न ब्यक्तीले त्यहि पासपाेर्टकाे निबेदन दिन सक्ने ब्यबस्था रहेकाे थियाे ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment