English Edition

क्यापिटल वान कपको उपाधि चेल्सीलाई

Chelsea-win-Capital-One-Cup
१८ फागुन, काठमाडौं । क्यापिटल वान कप फुटबलको उपाधि चेल्सीले जितेको छ ।
आइतबार राति भएको खेलमा टोटनहृयामलाई २-० ले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो । जोजे माउरिन्हो चेल्सीमा फर्किएपछिको यो पहिलो उपाधि हो ।
यसअछि माउरिन्होले रियल मड्रिडमा रहँदा २०१२ मा ला लिगा जितेका थिए । चेल्सीले भने एक वर्षअघि युरोपा लिगको उपाधि जितेको थियो ।
वेम्बलीमा भएको खेलमा चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा जोन टेरीको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा डिएगो कोष्टको प्रहार रोक्ने क्रममा काइल वार्करले आफ्नै पोष्टमा गोल गर्न पुगे ।
खेलमा थप गोल हुन सकेन र चेल्सी २-० को जितका साथ उपाधि उचाल्न सफल भयो ।
Source: online Khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment