English Edition

युवराजको स्वरमा लालजोडीको घिटिघिटी बाचेको छु

March 18, Kathmandu
दुखले म मातेको छु
हजार सपना टुटे पनि
आफ्नैले लुटे पनि
खरानी धरि जलाउने यो शहरमा
घिटी घिटी बा“चेको छु

अहिलेका चर्चित पाश्र्व गायक युवराज चौलागाईं सोमबार सा“झ धोबिधारास्थित म्युजीसियन रेकर्डीङ स्टुडीयोमा फिल्म लालजोडीमा समाबेश हुने यो गीत गाउनमा ब्यस्त थिए । पछिल्लो समय पाश्र्व गायनमा समेत जम्दै गएका युवराजलाई म्युजीकमा ‘गाइड’ गरिरहेका थिए– संगीतकार सन्तोष श्रेष्ठले ।
आधुनीक तथा लोक संगीतका चर्चित संगीतकार सन्तोष यही गीतमार्फत पहिलोपटक फिल्मी संगीतमा लागेका छन् । नयां बर्षसंगै सुटिङ सुरु हुने फिल्म लालजोडीको उल्लेखित गीत निर्देशक लक्ष्मण सुवेदीले लेखका हुन्  । एउटा साथी मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने लालजोडीको एउटा डोयट गीत राजेशपायल राई र मनिषा पोखरेलको स्वरमा केही समयअघिनै रेकर्ड गरिसकीएको छ ।
फिल्मको सिच्युसनअनुसारको सेन्टिमेन्टल गीत भएकाले आफैले रचेको निर्देशक सुवेदीले बताए । गायक युवराजले यो गीतमा निकै मन छुने शब्द भएकाले धेरै दिनको मिहीनेत पछि रेकर्डिङ गरिएको बताए । उनले भने, ‘यो गीतले आम मानिसको जिन्दगी बोलेको छ । त्यसैले मलाई यो गीतबाट धेरै आशा छ ।’ गीतको एरेन्ज सुदीप सागरले गरेका हुन् ।
संगीतकार सन्तोषले पनि आफूलाई यही गीतले चलचित्र संगीतमा स्थापीत गराउने बिश्वास ब्यक्त गरे । ‘एकदम भावुक गीत छ । संगीत पनि उत्तिकै मिठो गर्ने कोसिस गरेको छु । फिल्म संगीतमा यही गीतले मलाई चिनाउने छ भन्ने बिश्वासछ ।’
दिलासा क्रियसनको ब्यानरमा बन्ने लालजोडी रामेश्वर कार्कीले खिच्ने छन । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने फिल्मका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको सुटिङ त्रिशुली र काठमाडौंमा गरिने निर्देशक सुवेदीले बताएका छन् ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment