English Edition

हाउ फन्नी को लभ सङ

March 18, Kathmandu
विभिन्न कारणले प्रतिक्षित बनिरहेको फिल्म हाउ फन्नी को लभ सङ ‘यो के हो माया जस्तै’ सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा शब्द शान बस्न्यात , संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ । कालिन्चोकको हिउमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीले पहिलो पटक जोडी बाधेक हुन् ।
गत पौषमा खिचिएको गीतमा जाडोको पर्वाह नगरी अनुप र केकीले रोमान्स गरेका छन् । गीत छायांकनको पललाई सम्झिदै केकीले भनिन, यो गीत हामी सबैको बेस्ट थियो । गीत छायांकन अघि नै मेरो खुट्टामा समस्या आएको थियो तर पनि कालिन्चोक पुगेर छायांकन गरे । जाडोमा हामीलाई सहज थिएन त्यसरी देखिन, तर त्यो सबै असहजता आज गीत हेर्दा बिर्सिएर गयो ।
फिल्ममा केकी र अनुपसंगै प्रियंका कार्की , दयाहाङ राई , शिशिर राणा लगायतको अभिनय रहेको छ । गीतलाई किन हिउ मै छायांकन गर्न लगाउनु भयो त रु भन्ने प्रश्नमा निर्देशक निलु डोमा शेर्पा भन्छिन, सानै देखि रोमान्टिक गीतहरु हिउमा खिचेको देखेको थिए र रहर थियो आफुले फिल्म गर्दा पनि त्यसरी नै गीत बनाउने सपनाथ्यो । अन्तत सपना पुरा गर्न केकी र अनुपलाई दुख दिए ।
निर्देशक शेर्पाले केहि ठट्यौली शैलीमा जवाफ दिएता पनि तर गीत हेरेका फिल्मकर्मीले पनि तारिफ गरेका छन् । गीत आजैबाट सार्वजनिक भएकाले गीतको पूर्ण रिजल्ट आउन केहि समय लाग्नेछ । यता यसै फिल्मबाटै फिल्म नगरीमा कार्यकारी निर्मात्रीको रुपमा प्रवेश गरेकी पुर्व मिस नेपाल माल्भिका सुब्बा पनि गीतको प्रतिक्रिया देखेर खुसि छिन ।
यो मलाइ पनि निकै मन पर्ने गीत हो र रिलिज पश्चात आएको प्रतिक्रियाले खुसि नै छु, माल्भिकाले छोटो समयमा नै पाएको प्रतिक्रियाले उत्साहित हुदै भनिन ।
फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माता रहेका छन् । कमेडीसंगै सोसल म्यासेज रहेको यस फिल्मलाई शान बस्न्यातले लेखेका हुन्



भने यसमा छायांकन हरी हुमागाईको रहेको छ । छिटै नै प्रदर्शनमा आउने यस फिल्मलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडीले वितरण गर्नेछ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment