English Edition

सेलिब्रिटि गफगाफ- कुमार कट्टेल (सक्किगो नी)

प्रस्तुति ः सुकृत    
अहिले हास्य श्रृंखला भद्रगोल रोकिएको छ । त्यसैले फुर्सदमा नै भन्नु पर्यो । दुई चार वटा देश बिदेश घुम्न पाइएको छ । फुर्सदमा अलि रमाइलो नै हुदोरहेछ । समय टन्न हुन्छ त्यही हो ।
भद्रगोल चाही किन रोकिएको नी ?
       वर्ड भिजन भन्ने एजेन्सीले पैसा नतिरेर अहिले यस्तो किचलो भएको हो । धरौटी राख्न पर्ने रकम नै नक्कली राखिदिए पछि कसको के लाग्छ । अहिले बाहिर त हामीले नै गर्दा हास्यश्रृंखला रोकिएको भन्ने भ्रम रहेछ तर यो सत्य होइन  हामी त केवल अभिनय गर्ने कलाकार मात्र हौ । म मलाई माया गर्ने सम्पुर्ण दर्शकलाई यो बिश्वास दिलाउँछु कि अब हामी एकदमै चाडै फेरी पुरानै ढाचाँमा फर्किने छौ ।
भद्रगोल बनाउने सोच चाही कसरी आयो नी ? 
      दाईसँग काम गर्दा भन्दा पनि मलाई आफै केही गरु जस्तो लागेको थियो । त्यसपछि मैले आफनै भिन्दै हास्यश्रृंखला चलाउने बिचार गरे । बिचार मात्र गरेर भएन । एजेन्सी पनि चाहियो । तर मैले आइडिया लगाउन सकिन । मलाई एकजना निर्देशकले अर्जुन घिमीरे सँग भेटाइदिनु भयो । अर्जुन जी र मैले मिलेर भद्रगोल नामको नयां हास्यश्रृखला तीन भाग डमि खिच्यौ । त्यसपछि हाम्रो हास्य श्रृंखला युट्बमा एकदमै रुचाइएन थालियो र हिट पनि भयो । यसरी नै हाम्रो यात्रा शुरु भएको हो ।
यो तपाईको सक्किगो नी भन्ने थेगो चाही कहाँ बाट ल्याउनु भएको हो ?
       यो थेगो मैले बनाएको होइन । झापामा शान्ती नेपाल भन्ने एकजना व्यक्ति  हुनुहुन्थ्यो, उहाँले सधैजसो सक्किगो नी भन्ने गर्नुहुन्थ्यो र त्यो मैले धेरै पटक सुने र त्यसलाई भद्रगोलमा प्रयोग गरेर हेर्म न त कस्तो देखिन्छ भनेर प्रयोग गरे । अहिले यो थेगोले पुरा चर्चा पायो । 
तपाई र तपाईको दाजु–भाउजु बिच मनमुटाव छ भन्ने कुरा सुनिएको छ नी ? 
          यो एकदमै गलत कुरा हो । आज म जे छु र जहाँ छु मेरो दाजु कै कारणले गर्दा हो । यदी मेरो दाजुले मलाई यो लाइन मा नलगाउनु भएको भए म यहाँ सम्म पुग्दिन्थे होला । दाजुले मलाई आफनै काम शुरु गर । सधै मेरो औला समाएर हिड्न हुन्न भनेर बाटो देखाइदिनु भएको हो । म दाजु सँग प्राय आफुले नजानेको कुरा सोधि नै रहेको हुन्छु ।

भद्रगोलले तितो सत्य, मेरी वास्सै, र जिरे खुसार्नीलाई पनि पछाडि पारेको छ भनिन्छ नी के हो ?
       यो समयको कुरा हो । अब दर्शकको स्वाद पनि त बुझनु पर्यो नी । नयाँ कुरा दिन सकेन भने अरुको रुची त्यसै घट्छ नी । तर दर्शकले सबै कुरा हेर्छन जस्तो लाग्छ मलाई त । अहिले हास्य बिद्यामा पनि को भन्दा को कम भन्ने चलन आएको छ । यो भनेको दर्शकको रुची कै कुरा हो ।
लभको प्रपोज कत्तिको आउँछ नी ?
        त्यस्तो खासै आउँदैन । एक त मलाई फुर्सद नै कम हुन्छ अर्को कुरा रिलमा त अहिले सम्म केटी पट्याउन सकेको छैन । अनि रियलमा लभ कसरी पर्ने हो र । फयान चाही मेरो एकदमै हुनुहुन्छ अब फयानको रुपमा माया गर्नु हुने ले त सधै माया गरिनैरहनु हुन्छ नी ।
बिवाह कहिले गर्ने त ? 
            बिवाह अझै लाग्छ होला तीन चार वर्ष । अझै कत्ति कुरा गरौं भन्ने छ । अहिले नै बिवाह गरेर के गर्नु हो ।

तपाईलाई प्रेम गर्नेलाई के भन्नु हुन्छ ? 
        मेरो पनि एकदमै माया छ उहाँहरुलाई । उहाँहरुले दिएकै मायाको कारण आज म यहाँ सम्म आइपुगेको छु । जबसम्म उहाँँहरुको माया पाइरहन्छु तबसम्म म पनि रहिरहने छु ।

बाल्यकालमा कस्तो हुनुहुन्थ्यो तपाई ? 
बाल्यकालमा म एकदमै पढ्ने केटो थिए । पहिला डाक्टर बन्ने भनेर हिडियो त्यसमा सफल हुन सकिएन । फेरी सिय बन्ने भनेर पनि हिडियो त्यो पनि बन्न सकिएन अन्तमा अहिले एक्टर बन्न पुगियो ।
जीवनको सबैभन्दा खुशीको क्षण ?
     दर्शकले भद्रगोललाई एकदमै मन पराइदिनु भएको छ । छोटो समयमा नै म धेरै दर्शकको मनमा बसिसकेको छु यही नै हो मेरो खुशीको क्षण भनेको । मेरो खुशीको क्षण भनेकै मेरो दर्शकहरुको माया हो ।
                                                           

 प्रस्तुति ः सुकृत 












   


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment