March 24,
वराह ज्वेलरी मिस लिम्बू सिजन थ्री का लागि छानिएका १८ सुन्दरीले शनिवार आफ्नो प्रतिभा देखाउंदा उपस्थित निर्णायक तथा दर्शकहरुले कतिखेर २ घण्टाको समय वित्यो पत्तै पाएनन् । राजधानीको पुतली सडक स्थित नेम क्याफेको हलमा आयोजित ट्यालेन्ट सोमा प्रतियोगिहरुले विशेषत नृत्य विधामा गरेको प्रस्तुतीले वावाही पायो । अधिकांश प्रतिस्पर्धीले नृत्य विधामा आफ्नो प्रस्तुती दिएका थिए । पुराना नेपाली गीत तथा मौलिक लिम्बू गीतहरुमा प्रस्तुत उनीहरुको नृत्यले दर्शक दिर्घामा वसेकाहरुको आंखै रसायो । पुराना गीत तथा आकर्षक नृत्यले पुराना दिनका सम्झना दिलाएको वताईरहेका थिए दर्शक तथा प्रतियोगितका आफन्तजन । विस्तारै विस्तारै शिर्षकको गीत गाएर सृजना लिवाङले ट्यालेन्ट सो को शुरुवात गरेकी थिइन् । त्यसलगत्तै रिचा सेनेहाङले फुलको आँखामा फुलै संसार कांडाको आंखामा कांडै संसार वोलको गीत गाईन् । अनिशा वोखिमले करांतेको कांता देखाउंदा उपस्थित सवैले प्रतिस्पर्धीहरु विविध विधामा प्रतिभा वान रहेको महशुश गरे । त्यसपछि लगातार प्रमिला नेम्बाङ, ईस्मेना आवजुङ, रिता पंधाक, मेरिना चेम्जोङ, विष्णु चेम्जोङ, अन्जना ईवाहाङ, सारा हुक्पा चोङ्बाङ, लक्ष्मी योङहाङ, इशिका जवेगु, कल्पना ईस्पोले मारुनी, केलाङ लगायतका नृत्य प्रस्तुतीहरु दिदां हल तालीले गुन्जयमान भएको थियो । ट्यालेन्ट सो मा सुजु सेरेङ चोङबाङ र आङशाङ ईस्पोले क्रमश नेपाली नारी र लिम्बू समुदायका विभिन्न व्यक्तित्वले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको चर्चाका विषयमा वक्तृत्वकला प्रस्तुत गरेका थिए । यस्तै प्रतियोगि साङ्मा खापुङ ले अंग्रेजी गीत प्रस्तुत गर्दा मनिता सांवाले शान्ति लुकाउं कहां शिर्ष गीतमा कन्टेम्परोरी नृत्य प्रस्तुत गरिन् । उनीहरुको प्रतिभालाई मुल्याङकन गर्ने निर्णायकहरुमा निर्देशकद्धय गोविन्द राई र निकेश खड्का, मोडल पाभेल उदाश, भाषाविद् यासेली योङहाङ, गायक उत्तम जंगलावती र उद्घोषिका याङ्जोम शेर्पा थिए । ट्यालेन्ट सो को नतिजा चैत २२ गते राष्ट्रिय नाचघरमा आयोजना हुने ग्रान्ड फिनालेमा सार्वजनिक गरिने संयोजक रुकमान लिम्बूले जानकारी दिए ।
0 comments :
Post a Comment